scheduleबुधवार जेष्ठ १४ गते, २०७७

धनगढीमा फेला परे चौथो कोरोना संक्रमित


काठमाडौँ, १४ चैत । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित धनगढीमा भेटिएका फेला परेका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । राजधानीमा यसअघि तीनजनामा संक्रमण भेटिए पनि उपत्यका बाहिर कोरोना संक्रमित व्यक्ति भेटिएको पहिलोपटक हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा काेरोना भाइरसकाे चौथो संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको जानकारी दिए । दुबईबाट फर्किएका ३४ वर्षीय पुरुष चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा नमुना परीक्षण गराउँदा काेरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले स्पष्ट पारे । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Dish_Home

प्रवक्ता देवकोटाले उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय