scheduleआइतवार आश्विन ११ गते, २०७७

कोरोना भाइरसबाट कसरी यति धेरै प्रभावित भयो इरान ?

एजेन्सी, १५ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट १७६ भन्दा धेरै मुलुकहरु प्रभावित छन् । हालसम्म २५ हजार ४२७ जनाले त ज्यान पनि गुमाईसकेका छन् ।

तर इरान एउटा यस्तो मुलुक बन्यो जुन मुलुक कोरोना भाइरसबाट सबैभन्दा नराम्ररी प्रभावित भयो । त्यहाँ ३२ हजारभन्दा धेरैजना संक्रमित भएका छन् भने दुई हजार ३ सय भन्दा धेरैको मृत्यु भईसकेको छ ।

तर वास्तविक आँकडा यो भन्दा धेरै रहेको र सरकारले लुकाईरहेको इरानमाथि आलोचकहरुको आरोप छ ।

१९ फेब्रवरीमा ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले भाइरसँग नडराउन सबैमा आग्रह गर्दै दुश्मनहरुले बढाई चढाई गरेर ईरानको अवस्थालाई खराब देखाएको बताएका थिए ।

एक हप्तापछि संक्रमण र मृत्युको आँकडा बढेपछि राष्ट्रपति हसन रुहानीले सर्वोच्च नेता खामेनेईको शब्द सापट लिदैँ दुश्मनहरुको षडयन्त्र भएको भन्दै जनतालाई सम्बोधन गरे ।

केही समय अघि सरकारी टिभी कार्यक्रममा ईरानी सरकारले कोरोना भाइरस अमेरिकाद्वारा बनाइएको जैविक हतियार भएको आशंका व्यक्त गरेको थियो । यसबीच सर्वोच्च नेता खामेनेईले पनि बायोलोजिकल हमला भनि ट्वीट गरेका थिए ।

तर मात्र १६ दिनमा कोरोना भाइस इरानका सबै ३१ ओटै राज्यहरुमा फैलियो । यसका साथै यो भाइरस ईराक, पाकिस्तान, युएई, कतार, कुवेत जस्ता १६ मुलुकमा पनि फैलिए । ती मुलुकहरुले उक्त संक्रमण इरानको माध्यम हुँदै आफूसम्म आईपुगेको आरोप लगाए ।

विश्व स्वास्थ संगठनको अनुसार २०१६ मा इरानको जनसंख्या आठ करोड दुई लाख ७७ हजार थियो । यो मुलुकले आफ्नो कूल ग्रहायस्थ् उत्पादनको ६.९ प्रतिशत २०१४ को आंकडाअनुसार आफ्नो स्वास्थ शिर्षक बजेटको लागि छुट्याउने गर्दथ्यो ।

यसको बावजूद अहिले इरान कोरोनासँग लड्न संघर्षरत छ । उसले अमेरिकाको सहयोग प्रस्तावलाई पनि अस्वीकार गरिसकेको छ । सर्वोच्च नेताले अमेरिकाप्रति इरानको विश्वास नरहेको बताएका छन् ।

खामेनेईको यो अभिव्यक्ति तब आएको थियो जब यात्रा नगर्न आधिकारिक रुपमा निर्देशन आउँदा आउँदै इरानी नागरिकहरु वर्षको सबैभन्दा ठूलो बिदा पर्सियन न्यू ईयर अर्थात् नौरोज मनाउन जाँदै थिए ।

यो अवसरमा धेरै नागरिकहरु परिवारजनहरुसँग विदा मनाउन क्यास्पियन सागर तथा देशको विभिन्न भागमा पुग्छन् ।

स्वास्थ मन्त्रालयका एक प्रवक्ताले स्थितिलाई सम्हाल्नका लािग मानिसहरुलाई यात्रा नगर्न र घरमा बस्न सरकारले अपिल गरेको सुनाउँछन् । तर त्यसको बावजूद पनि धेरै मानिसहरुले चेतावनीलाई बेवास्ता गर्दै नयाँ वर्ष मनाउन बाहिर गए । विदा नजिक आउँदा सडकमा भारी ट्राफिक देखियो ।

सामाजिक सञ्जालहरुमा राजधानी तेहेरानको मुख्य सडकमा ट्राफिक जामको तस्विरहरु शेयर भएको थियो ।

त्यसो त इरानले योबाट बच्न उपाय नगरेका पनि होइन । इरानका राष्ट्रपति हसन रुहानीले देशमा सपिङ सेन्टर तथा बजारलाई १५ दिनका लागि बन्द गर्ने आदेश दिएका थिए । यसबीच दैनिक आवश्यकताको चिज बस्तु र औषधिलाई मात्र छूट दिने बताइएको थियो ।

प्रशासनले कोम तथा मशहद शहरका धार्मिक स्थालमा समेत प्रमुख धार्मिक स्थलहरु बन्द गरिदिएको थियो ।

शिया मुस्लिमहरुको पवित्र स्थल कोम पनि महामारीको केन्द्र मानिन्छ । त्यस धार्मिक स्थललाई बन्द गरेको भन्दै इरान सरकारको सुरुवातमा त धेरै आलोचना पनि भयो ।

ईरानको सदनमा उपसभामूख तथा पूर्व स्वास्थ मन्त्री मसूद पेजेशियनले भनेको थिए, ‘कोमलाई पहिलो दिन नै बन्द गर्नुपर्छ । यो विमार कुनै ठट्टा होइन कि योसँग हामी सजिलै लड्न सक्छौं ।’

तर धार्मिक स्थलहरु बन्द गरे पनि विदाको दिन मशहादमा मानिसहरुको भिड लाग्न थाल्यो ।

शहरको मेयरले मानवीय क्षति हुने चेतावनी दिदैँ शहर लकडाउन नगर्ने सरकारको आलोचनाको कडा निन्दा गरे ।

सरकारले स्कुल, विश्वविद्यालय, धार्मिक स्थल बन्द गरेका थियो । सांस्कृतिक तथा धार्मिक समारोहमा पनि पाबन्दी लगाएको थियो तर त्यहाँ पूर्णरुपमा अझै लकडाउन भएको थिएन ।

राष्ट्रपति रुहानीले परिवार तथा कारोबारमा परेको आयको दबाबलाई कम गर्नका लागि आर्थिक कदमहरुको घोषणा पनि गरेका छन् । यसमा स्वास्थ बिमा, कर तथा अन्य जरुरी सुविधाको बिलको पेमेन्टलाई अगाडी बढाउने जस्ता कदमहरु रहेका छन् ।

सरकारले इरानका ३० लाख जति गरिब मानिसहरुलाई पेमेनट दिने घोषणा गर्यो । त्यसैबीच अन्य ४० लाखलाई कम ब्याजदरमा ऋण दिने बतायो ।

इरान सरकारले कोरोनाको प्रचारलाई रोक्न आगडी नै कदम उठाउनु पर्ने आलोचकहरु बताउँछन् ।

तर विदेशमन्त्री मोहम्मद जवाद जरिफ अमेरिकाको प्रतिबन्धको कारण देशको स्वास्थ प्रणालीलाई झट्का लागेको दावी गर्छन् ।

जरिफ अमेरिाकाले इरानको संशाधनलाई कमजोर बनाएको आरोप लगाउँछन् ।

तर अमेरिकाले आफ्नो प्रतिबन्धको कारण इरानमा मेडिकल सप्लाईमा समस्या आएको कुरा झूठो भएको अभिव्यक्ति दिने गरेको छ । अमेरिकाले आफूले मानिसको आवश्यकताको सामाग्रीमा छूट दिएको दावी गर्दै आएको छ ।

तर इरानले कम्पनीको पैसा लेन देन हुन नसकिरहेको बताउँछ । बैंकले अमेरिकाको प्रतिबन्दलाई हरेर जोखिम उठाउन नचाहेको उनको भनाई छ ।

इरानले अब आपतकालिन मद्दतकालागि अन्तराष्ट्रिय मुद्रा कोषसँग ५ अर्ब डलर माग गर्ने बताउँछ ।

विश्वा स्वास्थ संगठनले इरानका स्वास्थकर्मीहरुका लागि डाइग्नोस्टिक किट र सुरक्षा उपकरणहरु पठाएको छ । जसमा ७.५ टनको मेडिकल सप्लाई छ ।

अन्य प्रभावित मुलुकमा जस्तै इरानमा पनि मानिसहरु मास्क र सेनिटाइजरको पसल अघि लामबद्ध बसेका छन् ।

चीनले इरानबाट ठूलो स्तरमा मास्क खरिद गरेपछि त्यसको अभाव देशभित्र रहेको अहिले सामाजिक सञ्जालमा खबरहरु आईरहेका छन् ।

तर इरान सरकारले देशभित्रकै उत्पादन बढाउन फेसमास्कहरुको आयात बन्द गरेको बताएको छ ।

सबैभन्दा धेरै खतरमा रहेको मानिसहरु
इरानको एउटा समूह अहिले यो रोगबाट सबैभन्दा धेरै खतरामा रहेको चिन्ता व्यक्त भईरहेको छ । यो त्यो वर्गको मानिसहरु हुन् जो आठ वर्षसम्म चलेको इरान इराक युद्धमा रासायनिक हमलाको शिकार भएका थिए । यसमा धेरै जसो वृद्ध मानिसहरु छन् ।

यी मानिसहरु अहिले कोरोना भाइरसको उच्च जोखिममा छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय