scheduleआइतवार जेष्ठ १८ गते, २०७७

अमेरिकामा कोरोना भाइरस नियन्त्रण बाहिरः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

काठमाडौँ, १६ चैत । अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख २३ हजार ४३८ पुगेको छ । अमेरिकामा तीब्र रुपमा कोरोना भाइरस फैलिएको छ । सबैभन्दा धेरै संक्रमित र सबैभन्दा तीब्र रुपमा भाइरस अमेरिकामा फैलिएसँगै थप संकट आउनसक्ने अनुमान गरिएको छ । ।

शनिबारमात्रै अमेरिकामा ५१५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै १९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका हुन् । कोरोना भाइरसलाई राजनीतिक रुपमा हेर्दा आज यो समस्याले विकराल रुप लिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

Dish_Home

एक अधिकारीले त विविसीसँगको अन्तर्वार्तामा ११ हप्ता अगाडि यो भाइरसबारे अमेरिकाले जानकारी पाएको तर, गम्भीरताका साथ नलिदाँ नियन्त्रण बाहिर गएको स्वीकार गरेका छन् । अमेरिकामा

अमेरिकाले उच्च सतर्कता अपनाउन सबै खाले प्रयास गरे पनि भाइरस नियन्त्रण गर्न भने हम्मेहम्मे परिरहेको अधिकारीहरुको दाबी रहेको छ । अमेरिकाले ११ हप्ता केही काम गरेको भए आज यो नियती देख्न नपर्ने उनको दाबी रहेको छ ।

अमेरिका यही तवरले भाइरस फैलिएमा ठुलो मुल्य चुकाउनु पर्ने र यसको जिम्मेवारी अमेरिकी सरकारको टाउकोमा आउने निश्चित रहेको उनीहरुको भनाई रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय