scheduleआइतवार जेष्ठ १८ गते, २०७७

के यो सिजन गुम्ने खतरा बढेकै हो त ?

काठमाडौँ, १६ चैत । युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष अलेक्जेन्डर सेफरिनले जुनको अन्तिम सातासम्म पनि यस सिजनका बाँकी रहेका खेलहरु सुरु हुन नसके पुरै सिजन रद्द हुने सम्भावना अत्याधिक रहेको बताएका छन् ।

कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि युरोप लगायत विश्वभरअधिकांश खेलहरु स्थगित रहेका छन् ।

Dish_Home

यस सिजन युरोपका घरेलु लिग ढिलो गरेर भएपनि सकाउन युइएफएले युरोकप २०२० एकवर्ष पछाडि सारेको थियो । तर, यो भाइरस नियन्त्रणमा आउन समय लाग्ने भएसँगै सबै खेल अनिश्चित भएका छन् ।

उनले आफुहरुसँग तीन विकल्प रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘अर्को सिजनको सूरुवातबाट नयाँ सिजन सुरु गर्ने सम्भावना समेत छ । हामी लिग र क्लबका लागि राम्रो विकल्प हेरिरहेका छौ ।’

सेफरिनले युरोपेली फुटबलका बाँकी खेल ढोका बन्द गरेर खेलाउने विकल्पमा समेत रहेको उल्लेख गरेका छन् । ३० वर्षपछि लिभरपुलले प्रिमियर लिगको उपाधि जित्न दुई खेलमात्र बाँकी रहेको छ । २५ अंकको अग्रता बनाएको लिभरपुललाई कोरोना भाइरसका कारण नमिठो झट्का लाग्ने समेत समिक्षकहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय