scheduleआइतवार जेष्ठ १८ गते, २०७७

युभेन्ट्सलाई प्रशिक्षक र खेलाडीहरुको ढाडस, चार महिनाको तलब नलिने

काठमाडौँ, १६ चैत । इटालीमा कोरोना भाइरसले वितण्डा मच्चाइरहेको छ । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका खेलाडीहरु र प्रशिक्षक चार महिनाको पारिश्रमिक नलिन सहमत भएका छन् ।

यो महत्वपुर्ण सहमतिसँगै युभेन्टसलाई ९० मिलियन युरो बराबरको आर्थिक भार कम भएको छ । अप्रिल ३ सम्मका लागि इटालीमा सबै खेलकुद कार्यक्रमहरु स्थगित रहेका छन् ।

Dish_Home

क्रिष्टियानो रोनाल्डो, आरोन रामसी, पाउलो डिबालासहितका स्टार खेलाडी रहेको युभेन्टसका खेलाडीले मार्च, अप्रिल, मे र जुनको पारिश्रमिक नलिने सहमति गरेका हुन् ।

इटालीमा कोरोना भाइरसको कारण शनिबार ८८९ जनाले ज्यान गुमाएका छन् । हालसम्म भाइरसका कारण मर्नेहरुको संख्या १० हजार २३ पुगेको छ । शनिबार सम्मको तथ्यांकका अनुसार संक्रमित हुनेको संख्या ९२ हजार ४७२ पुगेको छ । शनिबार झण्डै ६ हजार नयाँ केशहरु देखिएका छन् । त्यस्तै १२ हजार जनाभन्दा बढी निको भएर घर फर्किएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय