scheduleशनिवार मंसिर २० गते, २०७७

विश्वलाई इटलीको सन्देश- कोरोनासँग खेलाँची नगर

काठमाडौं, १६ चैत । इटाली कोरोनाबाट मर्नेको सूचीमा सबैभन्दा माथि छ भने संक्रमितको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ । वर्ल्डोमिटरका अनुसार त्यहाँ १०,०२३ जना मरिसकेका छन । करिब ९२ हजार मानिस संक्रमित छन् । इटालीमा यो स्थिति कसरी आयो ? के गल्ती भयो त्यहाँ ? अरु देशका लागि इटालीका पाठहरु केके हुन सक्दछ ? विश्वका विभिन्न सञ्चार माध्यममा छरिएका समाचार र विश्लेषणलाई हामीले एकीकृत र संश्लेषित गर्ने प्रयास गरेका छौं ।

इयु अब्जर्भरकी स्तम्भकार भ्यालेन्टिना साइनी लेख्छिन्, ‘इटालियनहरु आपतकालमैत्री नागरिक मानिन्थे । यहाँ ५ वर्षयता अनेक ठूला विपत्तिहरु आएका छन् । भूकम्प, बाढी र पुराना ठूला पुलहरु भत्किएका कारणले उत्पन्न हुने विपत्तिमा इटालियनहरु अभ्यस्त थिए । यस्तो बेला कस्तो व्यवहार गर्नुपर्दछ, उनीहरुलाई थाहा थियो । तर कोरोनाको सूचना उनीहरुले पत्याएनन् । सरकारी सूचनालाई पनि असम्भव हल्ला ठाने ।’

अर्थात् भ्यालेन्टिनाको विश्लेषणमा नागरिकले सरकारको सूचना नपत्याउनु नै त्यहाँको सबैभन्दा ठूलो समस्या थियो ।

सरकारले सबैलाई व्यवस्थित हुन र सामाजिक दुरी कायम गर्न भन्यो तर कसैले सुनेन । पर्यटन संस्कृतिमा हुर्किएका हुँदा इटालियनहरु हिंडडुल गर्न, फोटो खिच्न, गीत गाउँदै सामूहिक रुपमा नाँच्न खुबै सौखिन हुन्छन् । कोरोना इटाली प्रवेश गरिसक्दा पनि उनीहरुले आफ्नो यस्तो बानीव्यहोरामा खासै परिवर्तन ल्याएनन् ।


न्यूयोर्क टाइम्समा वृत्तचित्र निर्माता अल्बर्टो पर्टिनोले भन्छन्, ‘शुरुवातका दिनमा सरकारी सूचना पत्याएर सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने मान्छेदेखि भने धेरैले खिल्ली उडाउँथे । हल्लाको पछि लागेको डरपोक भन्थे ।’ यो सामाजिक धारणले गर्दा नागरिकले खासै सतर्कता अपनाएनन् ।

दोस्रो चरणमा सरकारले क्वारेन्टाइनको व्यवस्था गर्‍यो । द लिसेन्ट पत्रिका इलिमिया क्षेत्रकी एक गृहिणी इलिनियोरले भनेकी छन्, ‘क्वारेन्टाइनमा बस्नु भनेको सरकारले जनतालाई पशुलाई गोठमा बाँधेर राख्नु जस्तै अपमान हो भन्ने बुझाई थियो । लोकतान्त्रिक मुलुकमा कुनै पनि सरकारलाई यस्तो गर्ने अधिकार हुँदैन, हामी मर्छौं भने आफ्नै मर्जीले मछौ, सरकारले हामीलाई धुन्न पाउँदैन भन्ने धारणा थियो ।’

सरकारको योजना कार्यान्वयन हुन नपाउँदै पत्रिकामा लिक भयो । क्वारेन्टाइनमा राख्न योग्यहरु भागाभाग भए । करिब १६० हजारको क्वारेन्टाइनको तयारी थियो । तर क्वारेन्टाइनबाट मान्छे रातको समयमा भागे । प्रधानमन्त्री गुइसिपे कोन्टे यो स्थितिबाट आजित भए । उनले क्वारेन्टाइनबारे नकरात्मक हल्ला फैलाउने पत्रपत्रिकाको विरुद्धमा रिसाउँदै भनेका थिए, ‘अभिव्यक्ति स्वतन्त्रताको अर्थ राष्ट्रलाई असफल बनाउनु र नागरिकलाई मृत्युको मुखतिर धकेल्नु हैन ।’

त्यसपछि सरकारले कठोर कदम चाल्न थाल्यो । एक स्थानीय अनलाइनमा पिराइनो कोस्टा नामका व्यक्तिले लेखेका छन्,‘मार्चदेखि सरकारले स्कुल, कलेज, सपिङ मल, म्युजियम, स्टेडियम, पार्क, आदि सार्वजनिक स्थल बन्द गर्‍यो तर लकडाउनको निर्णय गर्न भने ढिलो भयो ।’

यसबाट थप दुईवटा समस्या आए । बन्द गर्ने संस्थाहरुको सरकारी सूचीमा निजी अस्पतालहरु पनि थिए । इटालियनहरु लामो समयलाई खाद्यान्न जोगाड गरेर राख्दैनथे । एकातिर उनीहरु अत्यावश्यकीय पसलहरुमा भीड लाग्न थाले अर्कोतिर स्वास्थ्यसेवाको अभाव हुन थाल्योे । पछि सरकारले आर्मी लगाएर सबै अस्पतालहरु खुलाउनु परो तर त्यतिखेरसम्म बजार मास्क, पञ्जा, रेस्पिराटर लगायतका सामग्रीहरुको अभाव भइसकेको थियो ।

कोरोनाको औधषी बनिसकेको छैन भन्ने कुरा इटालीबासीले पत्याएनन् । उनीहरुले यसलाई अरु ज्वरो जस्तै सामान्य होला भन्ने ठानेर कोरोना संक्रमण भइसक्दा पनि औषधि पसलमा सिटामोल किन्दै हिँडे । ब्लगर मार्को कार्टासेग्नाले ‘द लोकल’ मा लेखेका छन्, ‘हाम्रा दुःखहरु हाम्रै लापरवाहीसँग जोडिएका छन्, विश्वलाई हामी यही भन्न चाहन्छौं, कृपया कोरोनासँग खेलाची नगर्नुस् ।’

सरकारले फेब्रुअरी २१ मा सरकारले लकडाउनको घोषणा गरेको थियो । तर मार्च ९ सम्म यसको खासै पालना भएन । मार्च ९ मा एक अर्को घोषणा भयो कि लकडाउन र क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई १३५ युरो जरिवाना गरिनेछ । त्यसपछि मात्र लकडाउन प्रभावकारी भयो । तर संक्रमितको संख्या ५० हजार भन्दा माथि पुगिसकेको थियो । मार्च १९ मा अर्को घोषणा गर्दै सरकारले लकडाउन अप्रिल ३ सम्म कायम राख्ने बताएको छ ।

इटलीमा जनवरी ३० मा पहिलो कोरोना केस देखिएको थियो । ती व्यक्ति २ चिनियाँ पर्यटकहरु थिए । फेब्रुअरी ७ मा पहिलो इटालियनलाई कोरोना देखिएको थियो जो चीनको वुहानबाट भागेर आएका थिए फेब्रुअरी २१ मा १६ जना इटालियनमा कोरोना संक्रमण प्रमाणित भएको थियो जो लम्बार्ड र भेनिटोका निवासी थिए ।

मार्च १८ को ‘द भोक्स’ मा जोन किर्वीले लेख्छिन्, ‘एलिना स्टानजियाना मिलन हवाई उड्डयन छेउको बस्तीमा बस्छिन् । उनको अनुहारमा विचित्रको हतासा र निरासभाव देखिन्छ । लाग्छ, इटालियनहरुले जीवनको आशा मार्दै गएका छन् । उनी इटलीका शहरहरुलाई भूताहा शहर भन्छिन् । उनी भन्छिन्, ‘इटालीमा अब केही छैन, केवल भुताहा शहर मात्र छ ।’

इयु अब्जरर्भरमा ए प्राध्यापक भन्छन्, ‘इटालीका लागि कोरोना संक्रमण दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो संकट हो ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay