scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

बिरालो पनि कोरोना भाइरसबाट संक्रमित !

 

काठमाडौँ, १६ चैत । एक जना बेल्जियन महिलाका कारण आफ्नै बिरालो कोरोना भाइरसबाट संक्रमित भएको छ । एफपिएस पब्लिक हेल्थले एक पत्रकार सम्मेलन गर्दै यस कुराको जानकारी दिएको हो ।

Dish_Home

प्रोफेसर स्टीभेन भ्यान हचले भनेका छन्,’भेटनरी मेडिसिन फ्याकल्टीले बिराले कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको छ । उक्त बिरालो आफ्नी मालिक्नीसँग बस्दै आइरहेको थियो । आफ्नी मालिक्नीसँगमात्र बस्दै आइरहेको बिरालो केही दिनदेखि बिरामी रहेको थियो । उसमा कोरोनाका लक्षणहरु देखिएका थिए ।’

उनी अगाडि भन्छन्, ‘बिरालोले लगातार उल्टी गरेको थियो भने श्वासप्रश्वासमा समेत समस्या देखिएको थियो । उनीहरुले बिरालो जिवित रहेको वा मरेको त्योबारे जानकारी मैले पाएको छैन ।’

बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएको यो पहिलो घटना हो ।

यसअघि हङकङमा दुई कुकुरमा समेत कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय