scheduleआइतवार मंसिर १४ गते, २०७७

‘घरबाहिर पशुपंक्षी भोकै छन्, कृपया केही गरौं’ (तस्बिरहरु)

काठमाडौं, १६ चैत । कोरोना भाइरसको महामारीले मानिसहरु घरभित्र थुनिएका छन् । घरबाहिर बस्ने पशुपंक्षीहरु सडकमा भोकै छन् । यसबारे धेरै मानिसहरुको ध्यान पुगिरहेको छैन ।

लकडाउनका कारण ज्यालादारी गरेर जीवन चलाउने मानिसहरुकै अवस्था संकटमा छ । अहिलेसम्म सरकारले राहत प्याकेज घोषणा गरेको छैन । यस्तो अवस्थामा सरकारले पशुपंक्षीको लागि सोच्ला भनेर आशा गर्न सकिन्छ ।

मानिस कोरोनाभाइरसबाट मर्छुकि भन्ने चिन्तामा छन् तर पशुपन्छीहरु भोकभाइरसबाट मर्ने अवस्थामा छन् ।

यही अवस्थामा स्नेहा केयरले काठमाडौंमा रहेका परेवा, कुकुर र बाँदरहरुलाई खुवाइरहेका छन् ।

भैंसेपाटीमा छ स्नेहा केयरको कार्यालय । स्नेहा श्रेष्ठले अध्यक्षको रुपमा नेतृत्व गरिरहेकी छिन संस्थाको ।

लकडाउन सुरु भएपछि हरेक दिन दुईवटा गाडीमा उसिनेको गेडागुडी, आलु र परेवाका लागि चारा बोकेर ३/३ जनाको टोली दुईवटा बाटोबाट निस्कन्छ । सिंगो चक्रपथमा र काठमाडौंभित्रका सडकहरुमा बस्ने कुकुरहरु, गाईवस्तु, चराचुरुङ्गी, पशुपति र त्रिपुरेश्वरका बाँदरहरु अनि मन्दिर परिसरमा भेटिने परेवाहरुलाई उनीहरु खाना/चारा खुवाउँदै हिंड्छन् ।

‘लकडाउन छ, मानवीय गतिविधि छैन, मानिसबाट निस्कने फोहोरमा खाना खोज्ने पशुपंक्षी अहिले विचल्लीमा छन्,’ स्नेहाले साझापोस्टसँग कुरा गर्दै भनिन्, ‘हामीले घरबाट जे हुन्छ त्यही बनाएर खुवाउने काम गरिरहेका छौं ।’

लकडाउन लम्बिए पनि केही न केही गरिराख्ने स्नेहा बताउँछिन् । ‘हामी ६ वर्षदेखि यो काम गर्दै आएका छौं । अहिले त झन असहज अवस्था छ,’ उनी भन्छिन्, ‘उनीहरु बोल्न सक्दैनन्, हामीले जसरी हो काम गर्नैपर्छ ।’

स्नेहाको अपिल छ, ‘हामीले पशुपंक्षी अधिकारको क्षेत्रमा काम गर्नेले मात्रै होइन, सबै नेपालीले यो काम गर्नुपर्छ । खाना पकाउँदा अलिकति अन्न थपौं । घरअगाडि बस्ने पशुलाई खान दिऔं ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay