scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोनाविरुद्ध लड्न म्यानचेस्टर सिटीले आफ्नो रंगशाला प्रयोग गर्न दिने

काठमाडौँ, १७ चैत । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आफ्नो रंगशालालाई कोरोना भाइरसविरुद्ध लड्न दिने निर्णय गरेको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई म्यानचेस्टर सिटीले इतिहड रंगशाला प्रयोग गर्न दिने भएको हो ।

उक्त रंगशालामा औषधि भण्डारण, डाक्टर तथा नर्सहरुको प्रशिक्षण दिइने पदाधिकारीहरुले जनाएका छन् ।

Dish_Home

कोरोनाको कारण लिगहरु स्थगित भएपछि क्लबका अधिकांस रंगशालालाई एनएचएसले प्रयोग गरिरहेको छ ।

युकेमा कोरोना भाइरसका कारण १ हजार २२८ जनाको मृत्यु भएको छ । १९ हजारभन्दा बढी भाइरसबाट संक्रमति भएका छन् । त्यस्तै जर्मनीमा ६२ हजार जना भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकदिनमा नै झण्डै चार हजारभन्दा बढी जनामा यो भाइरस देखिएको छ । त्यस्तै भाइरसका कारण हालसम्म ५४१ जनाको मृत्यु भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय