scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कुन क्लबले किन्न सक्ला त साञ्चोलाई ?

काठमाडौँ, १७ चैत । बोरुसिया डोर्टमण्डका स्टार खेलाडी हुन् जाडोन साञ्चो । उनलाई बेच्न क्लब तयार रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई अनुबन्ध गर्न धनी क्लबहरु लागिपरेका छन् ।

डोर्टमण्डले हाल्याण्डलाई अनुबन्ध गरेसँगै उनलाई बेच्ने तयारी गरेको बताइएको छ ।

Dish_Home

हाल्याण्डले बोरुसिया आएसँगै धमाकेदार खेल प्रदर्शन गरिरहेका छन् । त्यस्तै साञ्चो पनि उत्तिकै फर्ममा रहेका छन् । २० वर्षिय युवा खेलाडी साञ्चाले यस सिजन १४ गोल गरिसकेका छन् ।

उनलाई लिभरपुल, म्यानचेस्टर युनाइटेड, चेल्सी जस्ता क्लबहरुले अनुबन्ध गर्न चाहिरहेका छन् ।

युनाईटेडले युवा स्टार साञ्चोका लागि सय मिलियन पाउण्डको प्रस्ताव अघि सारेको थियो तर डोर्टमण्डले उक्त अफर अस्वीकार गरेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय