scheduleआइतवार जेष्ठ १८ गते, २०७७

‘लिभरपुललाई प्रिमियर लिग उपाधि दिदाँ हुन्छ’

काठमाडौँ, १७ चैत । कोरोना भाइरसका कारण यस सिजन प्रिमियर लिग उपाधि नै गुमाउने अवस्था आउनसक्ने समिक्षकहरुले बताइरहँदा म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगान लिभरपुललाई उपाधि दिदाँ हुने बताएका छन् ।

यस सिजन लिभरपुलले उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको थियो । त्यस्तै दोस्रो स्थानमा रहेको म्यानसिटीभन्दा लिभरपुल २५ अंकले अगाडि रहेको छ ।

Dish_Home

गएको सिजन म्यानचेस्टर सिटीले एक अंकको भिन्नताका आधारमा उपाधि जितेको थियो । गुण्डोगानले लिभरपुल उपाधि दिदाँ लगभग सबैको सहमति हुने समेत बताएका छन् । लिभरपुलले यस सिजन प्रदर्शन गरेको खेलबाट सबै प्रभावित भएको र उनीहरुको उपाधिको लायक भएको उनले बताएका छन् । लागि यो सिजन सबै हिसाबले तयार रहेको बताएका हुन् ।

प्रिमियर लिग अप्रिल ३० सम्मका लागि स्थगित रहेको छ ।

३० वर्षपछि प्रिमियर लिग उपाधि जित्ने तरखरमा रहेको लिभरपुललाई कोरोना भाइरसले छिट्टै खुसी मनाउन दिएको छैन ।

प्रिमियर लिग क्लबहरुको बैठक अप्रिल ३ मा बस्ने छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय