scheduleआइतवार जेष्ठ १८ गते, २०७७

के रहेछ आवश्यक?

कविता
रञ्जित आचार्य

 

समयकाे गतिलाई माथ गर्दै
अन्त्यहीन म्याराथनमा
दौडि रहेकाे याे शहर मेराे
छ अहिले टक्क राेकिएकाे ।
छन् सँगै राेकिएका
सपनाकाे मृगतृष्णामा हराएका आत्माहरू
विलासिताको मातमा धरातल बिर्सेका पाइलाहरू
रहरकाे चम्किलाे आकर्षणमा फसेका पात्रहरू
जित्नै पर्ने हाेडमा ईमान बेचेका चरित्रहरू
मिठाे खाने आसमा भाेकभाेकै खटेका हातहरू
भाेलिकाे जाेहाे गर्दै गर्दा आज गुमाएका साथहरू
सबै,
गतिहीन अनि लाचार छन् भएका
बाँच्नकै लागि छन् टक्क अडिएका ।

अदृश्य शत्रुलाई गरे पछि पराजित,
के फेरि
यी सबै फर्कनेछन् पुरानै लयमा
वा
जितकाे मातमा हुनेछ गति झनै द्रुत ?

Dish_Home

साेचाैं,
अहिले राेकिएकै बेलामा
के रहेछ महत्वपूर्ण
बाँच्नकै लागि
के रहेछ आवश्यक?

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय