कोरोना संक्रमणको आशंकामा इजरायली प्रधानमन्त्री नेतान्याहू आइसोलेसनमा
काठमाडौं, १७ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ ।
सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पाउक गत साता संसद्मा नेतान्याहूसँगै उपस्थित भएका थिए । इजरायलमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २४७ पुगेको छ भने यसबाट १५ जनाले ज्यान गुमाएको बताइएको छ ।