scheduleआइतवार जेष्ठ १८ गते, २०७७

लकडाउनबीच शक्तिमान टेलिश्रृंखलाको पुनः प्रशारण हुने


एजेन्सी, १८ चैत । कोभिड १९ को संक्रमणको रोकथामका लागि विश्वका अधिकांश मुलुकमा लकडाउन र सेल्फ आईसोलेसनको उपाय लागू गरिएको छ । यसबीच घरभित्र समय कटाउन मद्दत गर्ने उद्देश्यले भारतीय राष्ट्रिय च्यानल दूरदर्शनले गोल्डन इराका विभिन्न क्लासिक टेलिश्रृंखलाहरू पुनः शुरु गर्दैछ ।

यसअघि मात्र दूरदर्शनले रामायन, महाभारत जस्ता धार्मिक टेलिश्रृंखला, शाहरुख खान अभिनित सर्कस तथा रजित कपुरको ब्योमकेस

बक्सीलाई पुनः प्रशारण गर्ने घोषणा गरेको थियो । यसबीच चर्चित सुपरहिरो सो शक्तिमान पनि दूरदर्शनमा पुनः प्रशारण हुने भएको छ ।
चर्चित अभिनेता मुकेश खन्ना अभिनित यो टेलिश्रृंखला राष्ट्रिय प्रशारण च्यानल तथा भगिनि च्यानलमा पनि प्रशारण हुने छ ।

Dish_Home

यसबारे अभिनेता मुकेश खन्ना आफैले पनि ट्वीटरमार्फत जानकारी गराएका थिए ।

तर यो सो कुन समय र कहिलेदेखि प्रशारण हुने भन्ने कुरा उल्लेख गरिएको छैन । तर प्रेस इन्फर्मेसन ब्युरोको अनुसार यो सो अप्रिल २०२० देखि अनएयर हुने छ । डिडि नेशनलमा दिनको एक बजेदेखि यो सोको दैनिक एक घण्टाको एपिसोड प्रशारण हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय