scheduleबुधवार जेष्ठ १४ गते, २०७७

कोरोना रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

डोटी, १८ चैत । कोरोना भाईरस (कोभिड –१९) को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दिपायल सिलगढी नगरपालिकाले प्रोत्साहन भत्ता दिने भएको छ ।

नगरपालिकाले जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मीको तलब स्केलको २५ प्रतिशत भत्ता प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख मञ्जु मलासीको भनाई छ ।

नगर प्रमुख मलासीका अनुसार लकडाउन अवधिमा सबै स्वास्थ्य संस्थालाई इन्धन तथा भाइरसका सम्भावित बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने खर्च नगरपालिकाले उपलब्ध गराउने निर्णय समेत भएको छ ।

Dish_Home

नगरपालिकाले लकडाउनको समयमा घरभित्रै रहन आह्वान गर्दै स्वास्थ्य समस्या आएमा नजीकको स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

यस्तै नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न नगरपालिकाका स्थानीय बासिन्दालाई आफ्नै घरमा बस्न पत्राचार गर्न थालेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय