scheduleसोमवार जेष्ठ १२ गते, २०७७

बार्सिलोनाले आफ्ना खेलाडीको ७० प्रतिशत तलब काट्ने, मेस्सीको कति काटिन्छ ?


एजेन्सी, १८ चैत । कोरोना भाइरसको असर स्पेनिश फुटबल लिगमा पनि परेको छ । १२ मार्चबाट नै लिगको प्रतिस्पर्धा प्रभावित छ । यस्तो अवस्थामा आर्थिक संकटबाट जुधिरहेको क्लबलाई मद्दत गर्न कप्तान लियोनेल मेसीले अगाडि आएका छन् ।

उनले क्लबका खेलाडीहरुले ७० प्रतिशत तलब कम लिने जनाएका छन् । यसबाट क्लबका कर्मचारी र बाँकी स्टाफलाई पूरै तलब दिने सजिलो हुनेछ । मेसीले स्वयम् आफ्नो तलबबाट ३६० करोड रुपैयाँ कम लिनेछन् । उनले सोमबार आफ्नो इन्स्टाग्राम एकाउन्टबाट यसबारे जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘यो संकटकालीन अवस्थाबाट अगाडि बढ्न हामी आफ्नो ७० प्रतिशत तलब कटाउने घोषणा गर्दछौं । यस्तो गर्ने बेला आएको छ । यसबाहेक हामी आवश्यक योगदानहरु गर्नेछौं ताकि क्लबका कर्मचारीहरुलाई पूरा तलब मिल्न सकोस् ।’

Dish_Home

मेसीले तलब र बोनस जोडेर बार्षिक ६४८ करोड तलब लिन्छन् । मेसीको स्टाटसलाई गेरार्ड पिके, स्ट्राइक एन्टोनी ग्रिजम्यान, लुईस सुआरेज, जोर्डी एल्बा आदिले शेयर गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय