scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

विदेशबाट फर्किएका नागरिकबारे जानकारी दिए ५ हजार रुपैयाँ पुरस्कार

सोलुखुम्बु, १८ चैत । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले विदेशबाट फर्किएका नागरिकबारे जानकारी गराउनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

विदेशबाट आएका नागरिक सम्पर्कमा नआए सरकारले कानुन अनुसार कैद सजाय गर्ने चेतावनी दिइरहेको बेला थुलुङ दुधकोशी गाउँपालिकाले भने त्यस्ता व्यक्तिबारे जानकारी गराउनेलाई पुरस्कारको घोषणा गरेको हो ।

गाउँपालिकामा विदेशबाट आएका व्यक्ति सम्पर्कमा नआएपछि माइकिङ गरेर जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष असिम राईले बताए ।

यस्तै गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखेकाे  छ ।

हरेक वडामा १५ \१५ शैयासहितको क्वारेन्टाइन र तीन ठाउँमा पाँच शैयाको आइसोलेशन कक्ष निमार्ण गरिएको पनि गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय