scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा पुर्‍यायाे स्वास्थ्य सामग्री

सुर्खेत, १८ चैत । कर्णाली प्रदेश सरकारले तीन हिमाली जिल्लामा स्वास्थ्य सामग्री पुर्‍याएकाे छ ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा पुगेर स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

तीनै जिल्लाका जिल्ला प्रशासन तथा स्वास्थ्य सेवा कार्यालय, स्थानीय सरकारका प्रमुख, राजनीतिक दल लगायतको रोहवरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री रावलले बताए ।

नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरेर (व्यक्तिगत सुरक्षा सामग्री) पिपिइ, आइआर थर्मोगन, गाउन, सर्जिकल मास्क, ग्लोब, पिपिई चस्मा, स्प्रीट, एन ९५ मास्क, पञ्जालगयात १८  किसिमका उपकरण,  औषधी र फारम फारम हस्तान्तरण गरिएको मन्त्री रावलले बताए ।

Dish_Home

उनका अनुसार तीनै जिल्लामा बराबर परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

तीनै जिल्लामा पुगेका मुख्यमन्त्री शाहीले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रतिकार्यका लागि प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य प्रमुखलगायत सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

सामाजिक विकासमन्त्री रावललका अनुसार आजै राति कालीकोट, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, दैलेखमा स्वास्थ्य सामग्री पठाइने छ । प्रदेश सरकारले सडक पहुँच सहज नभएका हिमाली जिल्ला प्राथमिकतामा राखेर ती सामग्री आजै हवाई मार्गमार्फत त्यहाँ पु¥याएको उनकाे भनाइ थियो ।

विशेष गरी कोरोना सङ्क्रमितको उपचारका क्रममा लगाइने पिपिइ, सर्जिकल मास्क, थर्मोगनलगायत अभाव भइरहेको बेला सरकारले उपलब्ध गरेपछि जिल्लाका स्वास्थ्यकर्मी उत्साहित भएको जनाइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय