scheduleआइतवार आश्विन ११ गते, २०७७

अमेरिकामा मृतकको संख्या चीनको भन्दा धेरै

एजेन्सी, १८ चैत । कोरोना भाईरसको संक्रमणका कारण अमोरिकामा मृतकको संख्या चीनको भन्दा धेरै भएको छ । अहिलेसम्म चीनमा ३३ सय ५ जनाको मृत्यु भएको छ भने अमेरिकामा मृतकको संख्या ३४ सय ८ जना पुगेको छ ।

मंगलबार बेलुकीसम्ममा अमेरिकामा २६७ जनासँगै मृतकको संख्या ३४ सय ८ जनाको मृत्यु भएको हो । अमेरिकामा मंगलबार एकैदिन ११ हजार ४६ जना नयाँ बिरामी थपिएका छन् ।

६ हजार २ सय १५ जना निको भएर घर फर्किएका छन् भने १ लाख ६५ हजार २ सय ११ जनाको उपचार भैरहेको छ । ३ हजार ८ सय ९३ को अवस्था गम्भिर छ ।

विश्वभर मंगलबार मात्रै ३८ हजार ६ सय २५ जना नयाँ बिरामी थपिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय