scheduleआइतवार जेष्ठ ११ गते, २०७७

कोरोना भाइरसको नयाँ हस्पट मर्काज निजामुद्दिन दर्गा, नेपाली पनि थिए सहाभागी


एजेन्सी, १९ चैत । भारतको राजधानी दिल्लीस्थित एउटा मस्जिदमा हज गरेर फर्केका सयौं मानिसहरुमा कोरोना संक्रमण पाइएको छ ।

भारतीय सञ्चार मिडिया एनडीटीभीको अनुसार दिल्लीस्थित मर्काज निजामुद्दिन दर्गामा करिब दुई मानिसहरु मध्य लकडाउनको समयमा बसेका थिए ।

ती व्यक्तिहरु हालै घर फर्किएका छन् । जसमध्ये २४ जना दिल्लीमा संक्रमित पाइएका छन् । यस्तै तेलंगनाका छ जना, अण्डामानका दशजना, एकजना काश्मिरमा र ५० जना तामिल नाडु संक्रमित फेला परेका छन् ।

Dish_Home

यस अलावा उक्त दर्गामा ८२४ जना विदेशी पनि उपस्थित रहेको भारतको गृह मन्त्रालयले बताएको छ ।

दर्गामा नेपाल, मलेशिया, इन्डोनेसिया, थाइल्याण्ड, म्यानमार, कार्जिकस्तान, साउदी अरब, अफगानिस्तान, अल्गेरिया, डिजीबौटी, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्स तथा कुवेतबाट जस्ता मुलुकहरुबाट मानिसहरु आएका थिए ।

मार्च २० मा, १० जना इन्डोनेशियाली नागरिकहरु तेलंगानामा परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको थियो । दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले ४४१ जनामा भने भाइरसको लक्षण देखिएको बताएका छन् ।

हाल ११०० जनालाई शहरका विभिन्न भागहरुमा क्वारेन्टाइनमा राखिएको बताइएको छ । प्रहरीले उक्त मस्जिद प्रशासन विरुद्ध मूद्दा दर्ता गराएको छ । हाल भारतका प्रहरी अधिकारीहरु उक्त मस्जिदमा सहभागीहरुको पहिचान गर्न लागि परेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय