scheduleबुधवार जेष्ठ १४ गते, २०७७

विदेशबाट फर्किएकाको घरमा रातो झण्डा


कैलाली, १९ चैत । सरकारले हालै विदेशबाट फर्किएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम कार्यान्वयनका लागि जानकी गाउंँपालिका–९ ले आफ्नो वडामा हालै भारत तथा विदेशबाट आएकाको घरमा रातो झण्डा लगाएको छ । वडाले वडामा भारत तथा विदेशबाट आएका ३० घरमा रातो झण्डा लगाएको हो ।

विदेशबाट आएका घरमा, टोलछिमेकका अन्य व्यक्तिहरुको सम्पर्क हुन नदिन यो उपाय राम्रो रहेको स्थानीयवासी पदम परियारले बताए ।

यसैबीच, लम्कीचुहा नगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिम बढेपछि लकडाउनका कारण ज्यालादारी गर्न नपाएका निम्न आय भएका जनतालाई राहत दिनका लागि राहत तथा उद्धारकोषको स्थापना गरेको छ ।

Dish_Home

मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सो कोषमा नगरपालिकाले रु २० लाख रकम राख्ने निर्णय गरेको हो । यस्तै सो कोषमा सबै जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकसमेत सहयोगस्वरुप दिने निर्णय भएको नगर प्रमुख महादेव बजगाईँले जानकारी दिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय