scheduleआइतवार जेष्ठ ११ गते, २०७७

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, १९ चैत । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । निगमले तीनवटै पदार्थमा १०/१० रुपैयाँका दरले भाउ घटाएको हो ।

अब पेट्रोलको भाउ प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ । डिजल र मट्टीतेल ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Dish_Home

यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ गुणा घटे पनि आयल निगमले नघटाउँदा चौतर्फी आलोचना भैरहेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय