scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

नाकामा सुत्केरी समेत भोक्कै बस्नुपरेको खबरले मन भक्कानियो : रेखा थापा

काठमाडौं, १९ चैत । नायिका रेखा थापाले सीमा नाकामा सुत्केरी समेत भोकै बस्नुपरेको खबरले आफ्नो मुटु छोएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई यस्ता घटनाले निक्कै चोट पुर्‍याएकाे  बताएकी हुन् ।

एक स्टाटस लेख्दै उनले भनेकी छिन्, – ‘आर्थिक बाध्यताका कारण देशमा श्रम र रोजगारीको अवसर नपाएर बिदेसिन वाध्य लाखौं नेपालीहरु हुनुहुन्छ । खास गरी नेपाल भारतको सिमानामा आएर आफ्नो देशमा छिर्न पाउ भनेर नारा लगाइरहनु भएका आदरणीय दाजुभाई दिदीबहिनीहरुको रोदनले मुटु छोएको छ ।’

Dish_Home

उनले आफ्नै देश प्रवेश गर्न पाउने अधिकार यो बेला खोसिएको सन्दर्भमा आक्रोश र संरक्षकको अभाव खड्किएको पनि बताएकी छिन् ।

उनले लेखेकी छिन्, – ‘यताको पनि उस्तै प्राविधिक बाध्यता होला । तर, आएर क्वारेण्टाइनमा बस्छौ, जहाँ बसाल्यो त्यही बस्न तयार छौं भन्दा पनि आउन नदिनु भनेको व्यवस्थापनमा समस्या हो ।’

युरोप, अष्ट्रेलिया, अमेरिका, खाडी राष्ट्रमा रहेका हाम्रा आफन्तहरु सुरक्षित रहनुहोला भन्ने कामना भन्दा अरु केही भन्न नसकिने पनि नायीका थापाको भनाई छ ।

बिदेशका नागरिक नेपालबाट जहाज चार्टर गरेर फर्केको खबर सुन्दा खिन्न लागेको भन्दै उनले नेपालको हालतबारे असन्तुष्टी व्यक्त गरेकी छिन् ।

उनले भनेकी छिन्, – ‘कसलाई गुनासो गर्नु, गरेर हुन्छ नै के ? कम्तिमा भारतको सयौ किलोमिटर भोकै नाङ्गै हिंडेर सिमा पुगेकालाई वारी ल्याएर सेना प्रहरीकै क्याम्पमा राखेर दालभात दिदा, २५ दिन राख्दा पनि हुन्थ्यो होला । सकिन्छ भने बेसहारा बन्न नदिने व्यवस्था गरौं । परेको बेला देशले सम्झेन भने नपरेको बेला राष्ट्रियताको भाषाणले केही फरक पार्दैन । श्रमिक र मजदुरको मन दुखाउनु हुँदैन ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय