scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

कोरोना भाइरसको कारण युरोयिन युनियनले गुमाएको राहदानीको ताकत


एजेन्सी, २० चैत । हिजोसम्म जुन देशको राहदानी सबैभन्दा शक्तिशाली मानिन्थ्यो आज ती मुलुकको राहदानीले आफ्नो मूल्य गुमाएको छ । कोरोना भाइरसको प्रकोप फैलिएसँगै ती मुलुकहरुको राहदानी शक्तिहिन भएको छ ।

मार्चको पहिलो हप्तासम्म विशवको सबैभन्दा शक्तिशाली राहदानी भएको मुलुकको सूचीमा युरोपेली युनियन अग्रपंक्तिमा थियो । २७ देशको संगठन इयूको राहदानी हुने व्याक्तिलाई २७ मुलुक आवतजावत गर्न अनुमति थियो । ती यात्राहरु भिजा फ्रि या त अन अराइभल भिजामा आधारित हुनथे । यसको आधारमा पनि इयूको राहदानी कतिको शक्तिशाली थियो भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्थ्यो ।

तर अहिले कोरोना भाइरसको कारण यी यो मुलुकहरुको राहदानी शक्तिहिन भएको छ । आजको मितिमा इयूको राहदानी हुँदै गर्दा पनि अन्तराष्ट्रिय सिमामा आवतजावत गर्न पाबन्दी लागिरहेको छ ।

यो समय युरोपमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक इटली हो । यो देशमा अब लामो समयसम्म मानिसहरु आवतजावत गर्न डराउने छन् । यहाँको अर्थव्यवस्थालाई मजबूत बनाउने पर्यटन उद्योग, कपडा र फेसनको उद्योग पनि एकदमै धराशायी भएको छ । हिजोसम्म यो देशका राहदानीधारीलाई विश्वको जुनसुकै कुनामा स्वागत गरिन्थ्यो तर अब अवस्था यसको विपरित भईसकेको छ । अहिले फिनल्याण्ड र जर्मनीको पनि हालत उस्तै छ ।

सिंगापुर, जापान र दक्षिण कोरिया शक्तिशाली राहदानीधारी मुलुकको सूचीमा शीर्ष दशमा आउने गरेका छन् । तर कोरोना भाइरसको संक्रमण फैलिएसँगै यी मुलुकहरुको राहदानीको शक्ति पनि क्षय भएको छ । अब यहाँका देशबासीहरुका लागि उनीहरुकै छिमेकी मुलुकले ढोका बन्द गर्न थालिसकेका छन् ।

डेनमार्कको कुरा गर्ने हो भने उसले लकडाउनको समयमा डेनमार्क स्विडेनको रेलसेवा पनि ठप्प गरिदियो । लकडाउनसँगै युरोपेली मुलुक र अन्य मुलुकको राहदानीमा केही अन्तर नै हुन छोडेको छ । अहिले साना तथा कमजोर अर्थव्यवस्था भएका मुलुकले पनि यी ठूला मुलुकका राहदानीधारीलाई आफ्नो देशको प्रवेशमा रोक लगाईरहेका छन् ।

२०२० को पासपोर्ट सूचांकको आधारमा जर्मनीका राहदानीधारीहरु विश्वका १८९ मुलुकमा फ्री भिजा वा अनअराइभल भिजा लिएर यात्रा गर्न पाउँथे । यस्तै यो सुविधा इटलीलाई १८८, डेनमार्कलाई ८७ र स्विडेन र फ्रान्सलाई १८६ मुलुकमा यी सुविधा लिएर घुम्न पाउने व्यवस्था थियो । तर कोरोनाको प्रकोपसँगै अधिकांश मुलुकले यी मुलुका लागि आफ्नो ढोका बन्द गरिदिइसकेका छन् ।

यसकारण युरोपेली मुलुकको राहदानी अब अन्य मुलुकको सोसरह नै भईसकेको छ । वर्तमान समयमा इटलीको राहदानी धारीलाई युरोपको कुनै पनि मुलुका आउन जान अनुमति छैन । यहीँ अवस्था स्पेनको पनि भएको छ ।

मार्चको दोस्रो हप्ता विश्व स्वास्थ संगठनले जब युरोप कोरोना भाइरस संक्रमणको केन्द्र भएको घोषणा गर्‍यो तब अमेरिका, भारतजस्ता धेरै मुलुकहरुले त्यहाँका राहदानीधारीविरुद्ध आफ्नो सीमालाई कडा बनायो । चीनको पनि यहीँ अवस्था भएको छ । तर हेर्दा हेर्दै युरोप कोरोनाबाट यति धेरै प्रभावित हुन पुग्यो कि उसको राहदानी नै कमजोर हुनपुग्यो ।

अहिले पुरै विश्व कोरोना भाइरसको सन्त्रासमा बाचिरहेको छ । यो समय इयूको राहदानीमाथिको पाबन्दी हटाउने कुनै सम्भावना छैन । केही महिनापछि फेरी यो सूचांकको समीक्षा हुन सक्ने सम्भावना भने रहन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय