scheduleआइतवार जेष्ठ १८ गते, २०७७

क्रिस्टियानो रोनाल्डोलाई किन घृणा गर्छन् अर्जेन्टिनीहरु ?

काठमाडौँ, २० चैत । अर्जेन्टिनका तथा युभेन्ट्सका स्टार खेलाडी पाब्लो ड्याबलाले पोचुर्गी स्टार क्रिस्टियानो रोनाल्डोलाई अजेन्टिनीहरुले घृणा गर्ने बताएका छन् । पाब्लो ड्याबला एक यस्ता खेलाडी हुन् जसले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबैसँग खेलेको अनुभव रहेको छ ।

रियल मड्रिडबाट युभेन्ट्स आएका रोनाल्डो र मेस्सीबीच आज पनि को उत्कृष्ट खेलाडी हो भन्ने विवाद समिक्षक र फ्यानहरुमा रहेको छ । करिब एक दशकभन्दा बढी बितिसक्दा पनि यो विवाद आज पनि उत्तिकै कायम रहेको छ ।

Dish_Home

ड्याबलाले भने अर्जेन्टिनीहरुले यही कारण रोनाल्डोलाई घृणा गर्ने बताएका छन् । उनले भनेका छन्, ‘अर्जेन्टिनामा मेस्सीलाई जस्तो सम्मान कसैलाई हुँदैन । तर, यदी रोनाल्डोबारे भने खासै राम्रो टिप्पणी पाइदैँन । उनलाई घृणा गर्नेको जमात निकै धेरै रहेको छ ।’

‘युभेन्ट्स आएपछि मैले उनीसँग खेल्ने मौका पाए । मैले सोचेभन्दा पनि उनी फरक व्यक्ति रहेछन् । मैले उनको सामु नै भनेको थिए । तिमीलाई हामी अर्जेन्टिनीहरु घृणा गर्छौ । तिमी कसरी हिड्छौँ, तिम्रो प्रस्तुती र तिम्रो फिगरलाई अर्जेन्टिनीहरु घृणा गर्छन् ।’, उनले भने ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय