scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

नेयमार अनुबन्ध गर्न ग्रिजम्यानलाई पिएसजी पठाउने तयारी

काठमाडौँ, २० चैत । एट्लेटिको मड्रिडबाट बार्सिलोना हानिएका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यानको भविष्य अन्यौलमा परेको छ । बार्सिलोना पछिल्लो समय नेयमारलाई पुनः अनुबन्ध गर्न लागि परेको छ ।

उनलाई अनुबन्ध गर्न ग्रिजम्यानलाई पिएसजी समेत पठाउन क्लब तयार रहेको मिडिया रिपोर्टमा उल्लेख छ । ग्रिजम्यानको मुल्य १०० मिलियन युरो रहेको छ ।

Dish_Home

उनलाई पिएसजी पठाउन सकेमा नेयमारलाई अनुबन्ध गर्न बार्सिलोनालाई सहज हुने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार कोरोना भाइरसका कारण नेयमारलाई अनुबन्ध गर्ने प्रक्रियामा समस्या भएको बताइएको छ । ग्रिजम्यान पिएसजी जान चाहे नेयमार बार्सिलोना फर्कन सक्ने सम्भावना उत्तिकै बलियो रहेको समिक्षकहरु बताउँछन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय