scheduleआइतवार जेष्ठ ११ गते, २०७७

सिंगो कार्कीडाँडा गाउँ नै क्वारेन्टाइनमा


स्याङ्जा, २० चैत । बिरुवा गाउँपालिका–१ स्थित कार्कीडाँडागाउँलाई नै क्वारेन्टाइनमा परेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरे बिदेशबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने घोषणाा गरेसँंगै सिङ्गो कार्कीडाँडागाउँ क्वारेन्टाइनमा परेको हो ।

कार्कीडाडाँगाउँका दुई युवा चैत ६ गते ओमनबाट काठमाडौँ उनीहरु ९ गते गाउँमा आएका थिए । गाउँमा आएपछि पूरै गाउँ डुल्नुका साथै चैत १५ गते पोखरास्थित मनिपालमा शिक्षण अस्पतालमा एक छिमेकीको मृत्यु भएको र ती युवा पनि गाउँलेसँगै मलामी गएपछि सङ्क्रमणको त्रासले सिङ्गो गाउँलाई नै होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले बताए ।

शर्माले भने, ‘विदेशबाट आएका दुई युवामा त्यस्तो कुनै पनि लक्षण अहिलेसम्म त देखिएको छैन तर सावधानी अपनाउनुभयो भनेर गाउँलाई नै क्वारेन्टाइनमा राखेका छौँ ।’

Dish_Home

कार्कीडाडाँमा रहेका २८ घरधुरीका १४३ लाई होम क्वारेन्टाइनमा राखिएको र नियमित स्वास्थ्य परीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले जानकारी दिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय