scheduleमगलवार श्रावण २७ गते, २०७७

कोरोना संक्रमित दुई बिरामीको पुनः पोजेटिभ नतिजा आयो


काठमाडौं, २० चैत । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोभिड १९ संक्रमित थप दुईजनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

मंगलबार घाँटीको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा आज आएको नतिजामा यस्तो देखिएको हो ।

अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाका अनुसार रिपोर्ट पोजेटिभ आएसँगै उनीहरुको अस्पताल बसाई लम्बिएको तर उनीहरुको स्वास्थ्य अवसथा भने सामान्य रहेको छ ।

यसअघि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । एकजना उपचार पछि घर फर्किसकेका छन् भने एक जनाको बाग्लुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय