scheduleआइतवार जेष्ठ ११ गते, २०७७

गण्डकी प्रदेशको पिसिआर मेसिनबाट सात जनाको परीक्षण

पोखरा, २० चैत ।  कोभिड–१९ को सङ्क्रमण परीक्षण गर्ने (पिसीआर) मेसिनले पोखरामा सङ्क्रमण परीक्षण गर्न शुरु गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखेर परीक्षण शुरु गरिएको उक्त मेशिनले सात जनाको स्वाब सङ्कलन गरेको छ । परीक्षणबाट एकको नेगेटिभ आएको र अरुको आउन बाँकी रहेको प्रतिष्ठानका निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए।

एक घण्टाभित्र नतिजा आउने भए पनि प्रारम्भिक चरणमा मेशिन नयाँ भएकाले विश्वसनीयताका लागि दोहोर्‍याएर जाँच (डबल टेष्टेड) गरिएको नतिजालाई पुनः काठमाडौँ पठाएर मात्रै प्रमाणित गरिने उनले जानकारी दिए । सङ्कलन गरिएकामध्ये एकको नतिजा आइसकेको, चार काठमाडौँ पठाइएको, दुईको नमूना पठाउन बाँकी रहेको उनको भनाइ छ ।

Dish_Home

हालसम्म प्रदेशभरिमा ५४ नमूना सङ्कलन गरिएको छ । एक पोजेटिभ, ३२ नेगेटिभ रहेका र बाँकीको नतिजा आउन बाँकी रहेको उनले बताए । उनले भने, ‘यस परीक्षणबाट स्वाब टेस्ट गरिएका व्यक्ति सङ्क्रमित भए/नभएको पुष्टि हुनेछ र होम क्वारेन्टाइन वा आइसोलेसनमा राखिने निक्यौल हुनेछ ।’

डा शर्माका अनुसार गण्डकी प्रदेशका विभिन्न १४ स्थानमा रहेका १३३ सघन उपचार कक्ष र ५४ भेन्टिलेटर रहेका छन् । प्रदेशमा तीन हजार ७४९ क्वारेन्टाइन श्यया बनाइएको छ । दुई सय ५८ जना हाल क्वारेन्टाइनमा रहेका छन् भने एक हजार ८५ होम क्वारेन्टाइन रहेका छन् । त्यस्तै १७७ आइसोलेसन श्यया रहेकामा हाल म्याग्दी एक, गोर्खा दुई र बागलुङमा एक जना गरी चार जनालाई आइलोसनमा राखेर उपचार भइरहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय