scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कोरोनाको चपेटाबीच विश्वमा चलिरहेछ यस्तो प्रतिस्पर्धा


एजेन्सी, २१ चैत । कोरोना भाइरसको महामारी बढ्दै जाँदा अहिले विश्वमा एउटा दौड वा प्रतिस्पर्धा पनि तीब्र गतिमा अगाडि बढिरहेको छ । यस्तो स्पर्धामा विश्वभरीका हार्डवेयर इञ्जिनियर तथा स्वास्थ विशेषज्ञहरु यो नयाँ संकटबाट मानवतालाई बचाउन आफ्नो जिम्मेवारीलाई लिएर मेहनत गरिरहेका छन् ।

आपत्कालीन समयमा बिमारीलाई कृतिम स्वाश प्रश्वासमा सहयोग गर्ने भेन्टिलेटरको निर्माणमा कसले पहिला सफलता पाउने भन्ने अनिश्चित छ ।

वैश्विक स्वास्थ्य संकट चुलिएसँगै अहिले विश्वभरी नै भेन्टिलेटरको अभाव देखिन सुरु भएको छ । यो समस्याको समाधान गर्न धेरै हार्डवेयर कम्पनीहरु स्वास्थ विशेषज्ञहरुको साथ लिएर भेन्टिलेटर बनाउन जुटेका छन् ।

Dish_Home

ल्याटिन अमेरिकी मुलुक चिलीका बासिन्दा हुन् मार्टिन सेरे । उनीले आफ्ना साथीहरुसँग मिलेर केही समय अघि पोमो नामको स्टार्टअप सुरु गरेका थिए जसले कृतिम अंग बनाउने काम गर्थ्यो । तर अहिले यो काम छोडेर उनी भेन्टिलेटर बनाउन थालेका छन् । स्पेनको बार्सिलोनमा कोरोना संक्रमणसँगै अस्पतालमा भेन्टिलेटर अभाव बढेपछि उनले यो समस्या आफ्नो देशमा पनि देखा पर्ने अनुमान गरेर यो काम सुरु गरेका हुन् ।

कोरोना भाइरसको महामारी बढेसँगै अहिले अस्पताललाई आवश्यक मात्रामा भेन्टिलेटर छैन । चाहे त्यो विकसित मुलुक होस् वा विकसिल सबैले भेन्टिलेरटको अभाव झेलिरहेका छन् ।

लण्डनको इम्पेरिकल कलेजको एउटा रिपोर्ट अनुसार कोरोना भाइरसको तीस प्रतिशत संक्रमितको उपचारका लागि नयाँ भेन्टिलेटर आवश्यकता छ ।

विश्विक महामारी बढेसँग विश्वका धेरै भागमा भेन्टिलेटरको माग तिब्ररुपमा बढ्ने आशंका गरिएको छ ।

यसको उदाहरणको रुपमा हालै अमेरिकाको न्युयोर्क राज्यका गभर्नरले ट्रम्प प्रशासनसँग तीस हजार भेन्टिलेटरको आवश्यकता रहेको भन्दै उपलब्ध गराइदिन गुहार मागेका थिए ।

भेन्टिलेटर वास्तवमा एउटा साधारण मसिन हो । यसले स्वास लिन अप्ठ्यारो भएका बिमारीहरुको फोक्सोमा अक्सिजन पुर्‍याउने र कार्बनडाईअक्साइड बाहिर निकाल्ने काम गर्छ ।

भेन्टिलेटर बनाउन जटिल काम हैन तर यो मसिन एकदमै संवेदनशील हुन्छ । बिमारीको जीवन यसमा निर्भर हुन्छ । भेन्टिलेटर फेल भएको अवस्थामा बिमारीको ज्यान पनि जानसक्छ । यसकारण यसलाई बनाउन धेरै होसियारी अपनाउनुपर्छ ।

मारिसियोले मेडेलिन नामको एउटा समूहसँग मिलेर सार्वजनिक रुपमा उपब्ध संशाधनहरुको प्रयोग गरी तीन फरक फरक किसिमका भेन्टिलेटर तयार गरेको छ ।

कोरोना भाइरसको कारण आईसियूमा चिकित्सकले धेरै भन्दा धेरै बिमारीहरुको देखभाल गर्नुपर्नेछ । यस्तो अवस्थामा बिमारीलाई हेर्दै र सबैको भेन्टिलेटरलाई हेर्दै काम गर्न चिकित्सलाई पनि समस्या छ ।

यसकारण परम्परागत भेन्टिलेटरलाई थप विश्वासनीय बनाउन तरिकामाथि परीक्षण भईरहेको छ ।

सामान्य समयमा परीक्षणमा लामो समय लाग्छ तर अहिलेको समय प्रतिकूल छ । कोरोना दिन प्रतिदिन फैलिदैँछ र भेन्टिलेटरको संकट त्यस्तै छ ।

वैज्ञानिकहरुले पनि कोभिड-१९ को एन्टीडट भ्याक्सिन बनाउन अझै डेढ वर्षजति समय लाग्ने बताउँदै आएका छन् ।

भेन्टिलेटर अभावको पूर्वानुमान सबै मुलुकले गरेका छन् । यसो जोखिम आउन अघि वेलायत सरकारले पनि आगामी दुई हप्ताभित्र १२ सय भेन्टिलेटर अस्पताललाई उपलब्ध गराउँदैछ ।

बेलायतले यसको अभावको पूर्वानुमान गर्दै अन्य उपकरण बनाउने कम्पनीहरुलाई पनि युद्धस्तरमा भेन्टिलेटर बनाउने काम गर्न आह्वान गरेको छ ।

मेडिकल उपकरण बनाउने विश्वको चर्चित कम्पनी फिलिप्स पनि अहिले अन्य काम छोडेर भेन्टिलेटरको उपकरण बनाउने काममा जोतिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय