scheduleसोमवार जेष्ठ १२ गते, २०७७

यस्तो मुलुक जहाँ कोरोनाको नाम लिँदा जेल बस्नुपर्छ, मास्क लगाउँदा अपराध मानिन्छ


एजेन्सी, २१ चैत । कोरोना भाइरसको प्रसारलाई रोक्न विश्वका अधिकांश मुलुकहरुले लकडाउनका उपाय लागू गरेका छन् । तर सबै मुलुकमा एकैप्रकारको लकडाउन लागू गरिएको छैन । लकडाउनलाई सफल बनाउन विभिन्न मुलुकले फरक-फरक तरिकाहरु अपनाएका छन् ।

हेरौं कुन मुलुकमा कस्तो छ व्यवस्था-

१. पानामा
सेन्ट्रल अमेरिकी मुलुक पानामामा एक हजारभन्दा धेरै कोरोना संक्रमणका मामिलाहरु सार्वजनिक भइसकेका छन् । पानामा पनि लकडाउन घोषणा भएको छ तर अन्य मुलुकभन्दा यहाँ फरक छ । यहाँ लैंगिक आधारमा लकडाउनको घोषणा गरिएको छ ।

Dish_Home

यहाँ अवाश्यक सामग्रीहरु खरिद गर्न बाहिर जान केही दिन पुरुषका लागि त केही दिन महिलाका लागि निर्धारण गरिएको छ । सोमबार, बुधबार र शुक्रबार दुई घण्टाका लागि महिला र बाँकी दिन पुरुषका लागि । तर आइतबार बाहिर निस्कन सबैलाई प्रतिबन्ध छ ।

२. कोलम्बिया
कोलम्बियामा पनि लकडाउन जारी गरिएको छ । तर यहाँका जनतालाई उनीहरुको नेशननल आईडी कार्डको अन्तिम नम्बरको आधारमा बाहिर निस्कने अनुमति दिईएको छ । उदाहरणका लागि बैरानकैबरमेजामा बसोबास गर्ने नागरिकहरुका लागि उनीहरुको आईडीको अन्तिम अंक ०, ४ र ७ छ भने उनीहरु सोमबार बाहिर निस्कन पाउँछन् र १, ५ र ८ अंक हुने मंगलबार बाहिर निस्कन पाउँछन् ।

३. सर्बिया
सर्बियामा पनि लकडाउन घोषणा भएको छ । त्यहाँ भिडभाड हुन नदिन डग वाकिङ आवर लागू गरिएको छ । यसअन्तर्गत रातिको आठदेखि नौ बजेसम्म कुकुरलाई डुलाउने समय तय गरिएको थियो तर यसको व्यापक विरोध भएर यसलाइ बन्द गरियो ।

४. बेलारुस
केही दिन अघि जब बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकेसेकालाई कोरोना भाइरस संक्रमणमा उनको देशले गरिरहेको पूर्व तयारीबारे सोधियो । तब उनले हाँस्दै आफूले कुनै भाइरस नदेखेको बताए । राष्ट्रपतिबाट त्यस्तो गैरजिम्मेवार टिप्पणी आएपछि उनको व्यापक आलोचना भयो । बेलारुसले यहाँसम्मकी बाँकी युरोपेली मुलुकले जसरी कुनै स्पोर्ट्स टुर्नामेन्ट पनि रद्द गरेको छैन ।

५. स्वीडेन
साढे चार हजारभन्दा धेरै कोरोना संक्रमणको मामिला पुष्टि हुँदासम्म पनि स्विडेनले कुनै पनि होशियारी देखाएको छैन । सरकारले नागरिक आफैं जिम्मेवार भएर सही कदम उठाउने अपेक्षा गरेको छ । गत आइतबार मात्र त्यहाँ ५० भन्दा धेरै मानिसहरुलाई एकठाउँमा उभिन प्रतिबन्ध लागू गरियो । तर १६ वर्ष मुनिका बालबालिकाहरुको विद्यालय त्यहाँ अझै खुल्ला छ । रेस्टुराहरु पनि अझै त्यहाँ खुल्ला नै मानिसहरु खुले आम हिँडडुल गरिरहेका छन् ।

६. मलेसिया
मलेसियामा आंशिक लकडाउन जारी भएको छ ।

७. तुर्किमेनिस्तान
तुर्किमेनिस्तानले यो महामारीबाट बच्न अरुभन्दा फरक कदम उठाएको छ । यहाँ कोरोना भाइरस शब्दमाथि नै प्रतिबन्ध लगाइएको छ । रेडियो अजतलाइकका एक पत्रकारका अनुसार देशमा जसले कोरोना भाइरसको बारेमा कुरा गर्छ वा मास्क लगाएर घुम्छ उसलाई गिरफ्तार गर्न थालिएको छ । अधिकारीहरुका अनुसार यहाँ एउटा पनि कोरोना भाइरसको मामिला बाहिर आएको छैन । जबकी यसको सीमामा रहेको देश इरान सबैभन्दा धेरै प्रभावित भएको यो रोगबाट ।

८. अस्ट्रिया
अस्ट्रिया मुलुकले आफ्नो सुपरमार्केटमा मास्क लगाउन अनिवार्य गरेको छ । उसले सार्वजनिक स्थानहरुमा मास्क लगाउन अनिवार्य गरेको छ ।

-एजेन्सीहरुको सहयोगमा

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय