scheduleसोमवार जेष्ठ १२ गते, २०७७

खेलाडी किन्न पर्याप्त बजेट मोउरिन्होले नपाउने भएपछि…

काठमाडौँ, २१ चैत । टोटनहमका प्रशिक्षक जोसे मोउरिन्हो पछिल्लो समय निकै दबाबमा रहेका छन् । यो दबाब कम गर्न उनले नयाँ खेलाडी किन्ने योजना बनाई राखेका थिए । तर, उनको यो योजनामा नमिठो धक्का लाग्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार उनको योजनाका लागि क्लबले उनलाई ठुलो बजेट दिनुपर्नेछ । तर, सिमित बजेट हुँदा क्लबले नयाँ खेलाडीमा ठुलो लगानी गर्न नसक्ने बताइको छ । यस सिजन दुई फरवार्ड ह्यारी केन र सन घाइते भएपछि टोटनहमको खेल खस्किएको थियो ।

Dish_Home

प्रिमियर लिगमा शिर्ष चारका लागि टोटनहमले खेल जित्नै पर्ने दबाब रहे पनि एकपछि अर्को खेल गुमाएपछि क्लब निकै दबाबमा रहेको छ ।

मोउरिन्होले क्लबलाई उपाधि दिलाउन सक्ने तर, लगानीको आवश्कयकता पनि उत्तिकै रहेको बताएका छन् ।

मोउरिन्हो जुन क्लबमा प्रशिक्षक भएर गएका छन् ती क्लबलाई उपाधि दिलाउन सफल भएका छन् । त्यही कारण पनि उनको रणनीतिलाई क्लबले बुझ्नुपर्ने केही समिक्षकहरुको टिप्पणी रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय