scheduleआइतवार जेष्ठ १८ गते, २०७७

बलिउडः पहिलो क्वाटरमा २५० करोडको नोक्सानी

काठमाडौँ, २१ चैत । सन् २०२० मा बलिउडमा केही यस्ता फिल्महरु रिलिज हुने तरखरमा रहेका थिए जसले बक्स अफिसमा रेकर्ड ब्रेकिंग कमाई गर्ने अपेक्षा गरिएको थियो । तर, कोरोना भाइरसको महामारीका कारण बलिउडले पहिलो क्वाटरमा २५० करोड भारु गुमाएको छ ।

यो वर्ष सबैभन्दा राम्रो कलेक्सशन गरेको तान्हाजी फिल्मले हो । त्यसपछि रिलिज भएका फिल्महरुको कमाईमा भने विस्तारै कोरोनाको प्रभाव देखिएको फिल्म समिक्षकहरुले बताएका छन् ।

Dish_Home

अब रिलिज हुने फिल्महरुलाई पनि कमाई गर्न निकै कठिन हुने फिल्म समिक्षकहरुले बताएका छन् । लामो समय लगाएर ठुलो बजेटमा निर्माण गरिएका फिल्महरु एक त रिलिज भएका छैनन् झन् बक्स अफिसमा फिल्मले नमिठो झट्का पाउने हो कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ ।

कोरोना भाइरसको महामारी फैलिएसँगै फिल्म हलहरु बन्द रहेका छन् । यसले बलिउडमा आवद्ध कलाकारहरुदेखि मजदुरहरुलाई ठुलो नोक्सानी भएको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय