scheduleआइतवार जेष्ठ ११ गते, २०७७

ओली सरकारविरुद्ध खुल्दै पूर्व माओवादी, भन्छन्- समयले साइरन बजाइसक्यो

काठमाडौं, २१ चैत । ओली सरकार अलोकप्रिय हुँदैजाँदा सत्तारुढ नेकपाभित्रका पूर्वमाओवादीहरु असन्तुष्ट र कुन्ठित हुँदै गइरहेको छन् । विस्तारै उनीहरु सामाजिक सञ्जालमा खुल्न समेत थालेका छन् । सरकार सञ्चालनको तरिका यस्तै रहने हो भने आउने चुनावसम्म कम्युनिष्ट पार्टी र आफुहरुको राजनीतिक भविष्य दुवै डुब्ने चिन्ताले उनीहरुलाई सताउन थालेको छ । उनीहरु प्रधानमन्त्री ओली निकटस्थ तथा सचिवालय सदस्यहरुको व्यवहाबाट झनै आजित छन । यसरी आक्रोशित हुनेमा अर्का अध्यक्ष प्रचण्ड निकटस्थहरुको संख्या धेरै छ ।

प्रचण्डनिकट एक युवा नेता तथा प्रवास पार्टी कमिटीका अध्यक्ष युवराज चौलागाईले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘प्रिय अध्यक्षद्वय, यति बलियो सरकार, यति विशाल पार्टी र यति अनुकूल परिवेश हुँदा पनि देशभित्र विश्वास र उत्साह किन भर्न सकिएन ? आन्तरिक समीक्षा गरौं । समयले साइरन बजायो ।’

प्रचण्ड निकट अर्का युवा नेता तथा युवा संगठनका अध्यक्ष दीपशिखाले भने ट्वीटरमा तिक्तता पोखेको छन् । उनले पूर्व माओवादीलाई काँध थाप्ने र पूर्व एमालेलाई अर्काको काँधमा चढेर अग्लिएकाहरुको संज्ञा दिएका छन् । उनी लेख्छन्, ‘जसको काँधमा चडेर चचहुइँ गरिरहेका छौ नी, उसले काँध छोडेको दिन तिमी सिसा फुटेझै झर्‍याम्म हुनेछौं । अपच हुने गरी घिचेर हाम्रो मुखमा बोमिट नगर भन्दा तिम्रो टाउको किन दुखेको ?’

Dish_Home

दीपशीखाले ‘घिचेर’ शब्दद्वारा ओली निकटस्थहरु भ्रष्टाचारमा डुब्दै गएको संकेत गरेका छन् । उनले ओली निकटस्थहरुलाई ‘हरिलठ्ठक’ शब्द प्रयोग गरेका छन् । उनी लेख्छन्, ‘मलाई हरिलठ्ठकहरुसँग दोहोरी खेल्न मन छैन ।’

प्रचण्ड निकट अर्का नेता तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारका कतिपय नीतिलाई चुनौति दिँदै ट्वीट गरेका छन् । उनको ट्वीट उपप्रधानमन्त्री ईश्वर पोख्रेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीप्रति लक्षित देखिन्छ । उनीहरुले ‘राज्य भावनाले नचल्ने हुँदा महाकालीमा अलपत्र परेकाहरुलाई प्रवेश गर्न नदिने’ थिए । श्रेष्ठले यस्तो सोचलाई ‘सोच्नै नसकिने’ भनेका छन् । उनी लेख्छन्, ‘यस्तो स्थिति, अमानवीय, गैरजिम्मेवार र दुःखद हो ।’

अर्का पूर्वमाओवादी नेता जनार्दन शर्माले भारतबाट घर फर्किन चाहने नेपालीलाई सीमा नाकामा रोक्ने सरकारी नीतिलाई चुनौति दिएका छन् । उनले केही समयअघि सुनौली बेल्हनीया नाकामा आएका नेपालीलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेका थिए । उनले यो मुद्दालाई वर्गीय दृष्टिकोणको प्रश्नसँग जोडेका छन् ।

ट्वीटरमा शर्मा लेख्छन्, ‘श्रमिकहरु कारखाना र कार्यक्षेत्रबाट हटाइदैछन् । काम गर्ने देशमा बेवास्ता गरिदैछ । उनीहरु जन्मिएको देशले पनि उनीहरुको रोदन सुनिरहेको छैन । श्रमिकहरुको अभिभावक कहाँ खोज्ने ?’

माओवादी–एमाले एकताको बेला महत्वपूर्ण भूमिका गरेका शर्मा त्यसपछि निरन्तर किनारीकरणमा छन् । पूर्व एमालेहरुले उनलाई बदनाम गर्न प्रयास गरिरहेको उनको बुझाई छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको श्वेतपत्रमा शर्मालाई बदनाम गर्न अनावश्यक शर्माको नाम जोडेका थिए । शर्माले संसदमै त्यसको प्रतिकार गरेका थिए ।

पूर्वविद्यार्थी नेता तथा पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने झनै रुष्ट देखिएका छन् । उनले आफ्नो फेसबुकवालमा लेखेका छन्, ‘यो पुँजीवादी व्यवस्था हो । जस्तोसुकै संकटमा पनि लुटपाट मच्चाउनु पुँजीवादको धर्म हो । भ्रष्टाचार ठालु र सत्तासिनहहरुले गर्दछन् ।’ यसरी उनले घुमाउरो पाराले ओली सरकारलाई ‘पुँजीवादी’ बाटोमा लागेको ‘ठालु’ र ‘भ्रष्ट’हरुको सरकार करार गरेका छन् ।

पूर्वलडाकु दिलनिशानी मगर प्रचण्ड निकट लेखक तथा स्तम्भकार हुन । उनीले आफूलाई ‘नेकपाको शुभचिन्तक र कार्यकर्ता’ ठान्दछन् । उनले प्रधानमन्त्री ओली भ्रष्टचारको नैतिक घेराबाट बाहिर नरहेको तर्क गरेका छन् । एउटा लेखमा उनले लेखेका छन्, ‘मानौं कि प्रधानमन्त्री ओली व्यक्तिगत रुपमा भ्रष्टाचार गर्ने योजनामा छैनन्, मानौं कि बाहिर आएका प्रत्येक अनियमितताका घटनामा उनी निर्दोष छन् भने पनि उनको नेतृत्वमा रहेका सदस्यहरुले मजस्ता हजारौं, लाखौं कार्यकर्ताको मात्र हैन, प्रधानमन्त्रीको समेत शिर निहुर्‍याउने काम गरेका छन् ।’

उनले आफ्नो लेखमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी ग्रुपबीच मिलेमतोमा अनियमितता भएको ठोकुबा समेत गरेका छन् ।

बौद्धिक तथा विश्लेषक छवि भएका पूर्वमाओवादी नेता राम कार्की पनि ओली सरकारको चालामालासँग सन्तुष्ट छैनन् । तर उनी भने खुलेर बोल्न चाहँदैनन् । पत्रकारले सोध्ने प्रश्नहरुमा उनी भन्ने गर्दछन्, ‘चालामाला ठीक छैन, तर अहिले नै धेरै नबोली हालौं ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय