scheduleआइतवार जेष्ठ ११ गते, २०७७

फेदीखोला क्वारेन्टाइनका नौ जना घर फिर्ता

स्याङ्जा, २१ चैत । फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका नौ जनालाई घर पठाएको छ । विदेशबाट आएका तीन युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको र विदेशबाट आएको १४ दिन पूरा भएकाले बिहीबार घर पठाइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

क्वारेन्टाइनमा बसेर विषम परिस्थतिमा सामाजिक उत्तरदायित्व पूरा गरेवापत उनीहरुलाई रु एक हजारको दरले प्रोत्साहन रकम पनि दिइएको गाउँपालिकाले जनाएको छ ।
कतार एयरवेजमा संक्रमित युवतीसँगै आएका दुई युवा र एक महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको गाउँपालिका, स्वास्थ्य शाखाले जनाएको छ ।
तिवारीबाट कोषमा  एक लाख
नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा जम्मा गर्ने गरी वालिङ नगरपालिका ६ का समाजसेवी नित्यानन्द तिवारीले एक लाखको चेक जिल्ला प्रशासन कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई हस्तान्तरण गरेका छन् ।

यसैगरी तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले गल्याङ नगरपालिकाले स्थापना गरेको विपद् तथा राहत कोषमा एक लाख ११ हजार १ सय ११ सहयोग गरेको छ ।
क्वारेन्टाइनमा रहेका ५६ घर फिर्ता
लमजुङ –गण्डकी प्रदेशअन्तर्गत लमजुङमा रहेका स्थानीय तहले क्वारेन्टाइन निर्माण गरी विदेशबाट आएका कोरोना संक्रमित हुन सक्ने संम्भावित व्यक्तिलाई राखेकामा ५६ जना घर फर्केका छन् ।
जिल्लाका आठ स्थानीय तहमध्ये चार वटाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बसेर उनीहरु घर फर्केको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।
प्रहरी कार्यालयका थुनुवा रिहा

Dish_Home

दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखे पाँच थुनुवालाई रिहा गरेको छ । कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले सामान्य प्रकृतिका अपराधमा पक्राउ परेका थुनुवा रिहाइ गर्ने सरकारको नीतिबमोजिम जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका तिनलाई रिहा गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

कारागारका एक रिहा

कारागारमा रहेका एक बन्दीलाई पनि लमजुङ जिल्ला अदालतको आदेशमा रिहा गरिएको छ । एक सय ३३ दिन कैद भुक्तान गर्न बाँकी व्यास नगरपालिका–११ का रामबहादुर बयलकोटीलाई रिहा गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै जिल्ला कारागारमा रहेका बन्दी रिहा गर्नका लागि जिल्ला अदालतमा निवेदन दर्ता गरिएको छ । कोभिड–१९ लाई ध्यानमा राखी एक वर्ष वा एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दी रिहा गर्ने सर्वोच्च अदालतको निर्णयपछि कारागारले चार बन्दी रिहा गर्नका लागि अदालतमा निवेदन दर्ता गरेको हो ।

पच्चीस जना क्षमताको कारागारमा हाल १४९ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई समस्या पर्ने गरेको छ । विशेषगरी गर्मी मौसममा कैदीबन्दीलाई सकस हुने गरेको कारागारका नाइके विष्णुहरि घिमिरेले जानकारी दिए। साथै शौचालय जान पनि कैदीबन्दीलाई पालो पर्खनुपर्ने बाध्यता छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय