scheduleआइतवार जेष्ठ ११ गते, २०७७

लकडाउन खुलेलगत्तै एसईई : मन्त्रालय

काठमाडौँ, २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ । त्यसका निम्ति परीक्षार्थीले तनाव नलिई परीक्षा तयारी गर्न मन्त्रालयले आग्रह गरेको  छ ।

‘चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने छ,त्यसैले परीक्षाको तयारीमा रहेका विद्यार्थीले तनाव नलिई आफ्नो पाठ्यपुस्तक रिभिजन गर्नु होस् । अनावश्यक हल्लाको पछाडि नलाग्नोस् । सरकारको आधिकारिक धारणा उपयुक्त समयमा जारी हुनेछ ।’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले भने ।

Dish_Home

परीक्षा तयारीमा रहेका विद्यार्थीले घरमै बसेर एसईई परीक्षालाई लक्षित सामग्री हेर्न, पढ्न सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयको वेबसाइट, युटुब र टेलिभिजनमा केही विषयका परीक्षा तयारी सामग्री पढ्न, हेर्न र बुझ्न पाउने व्यवस्था रहेको  छ ।

यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डको रेकर्डमा जनाइएको छ । मन्त्रालयले कोभिड–१९ को संत्रासका कारण चैत ६ गतेबाट हुने परीक्षा स्थगित गरेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय