scheduleआइतवार जेष्ठ १८ गते, २०७७

वाटर आर्मी आतंकः सामाजिक सञ्जालबाट टाढिदैँ सोनाक्षी


मुम्बई, २२ चैत । कोरोना संक्रमणा फैलिएसँगै अहिले मुम्बाईमा सक्रिय भएका भारतीय वाटर आर्मीदेखि बलिउड अभिनेत्रीहरु एकदमै रुष्ट भएका छन् । अभिनेत्री देबोलिना भट्टचार्यले त वाटरअर्मीको विरुद्ध प्रहरीमा पनि उजुरी गरेकी छिन् ।

यसबीच वाटर आर्मीकै कारणले अभिनेत्री सोनाक्षी सिन्हाले अब सामाजिक सञ्चाजबाट टाढा रहने फैसला गरेकी छिन् । आजभोलि फिल्म क्षेत्रका चर्चित स्टारहरु एकअर्कामाथि निशाना साध्न यी वाटरआर्मीहरुको सहारा लिदैँछन् ।

अभिनेत्री सोनाक्षी सिन्हा कोरोना सहायता कोषमा दान गर्ने कुरामा अभिनेता अमिताभ बच्चनसँग सहमत छिन् । उनी दानको रकम साझा नगरी दान गर्ने कुरामा विश्वास गर्छिन् ।

Dish_Home

उनीले भन्छिन्, ‘समय तीब्र गतिमा परिवर्तन भइरहेको छ । मलाई लाग्छ फोनमा अधिकांस समय बिताउनु हुँदैन । सामाजिक सञ्जालमा शेयर भएका तथा प्रतिक्रिया दिइएका अधिकांश कुराहरु गलत हुन्छन् । अब हामीले मानसिकहरुपमा योबाट दूरी कायम गर्ने समय आएको छ । जिन्दगीमा फोन चलाउने बाहेक गर्नलाई अरु धेरै काम छन् ।’

के हो त वाटर आर्मी
सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर चर्चित मासिनहरुलाई निशाना बनाउने मानिसहरुलाई वाटर आर्मी भनिन्छ । यिनीहरुको असली पहिचान हुँदैन । यिनीहरु पैसा लिएर जोकसैको समर्थक र विरोधी हुनसक्छन् । यसकारण उनीहरुको नाम वाटर आर्मी हो । यस्ता वाटर आर्मीहरुबाट अलिहे सोनाक्षी लगायत धेरै सेलिब्रेटीहरु दिकदार भएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय