scheduleआइतवार जेष्ठ १८ गते, २०७७

जहाँ पानी जहाजलाई बनाइएको छ हजार शैय्याको अस्पताल


एजेन्सी, २२ चैत । कोरोना भाइरसको कारण अमेरिकामा मृतकको संख्या बढेर तीन हजार नाघिसकेको छ । जोन हप्किन्स विश्वविद्यालयको ताजा  तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म तीन हजार आठ सयको मृत्यु पुष्टि भईसकेको छ । यीमध्ये अधिकांसको मृत्यु न्यूयोर्क शहरम भएको छ । त्यहाँ ९१४ जनाको मृत्यु पुष्टि भईसकेको छ ।

न्यूयोर्क शहरमा कोरोनाको खतरालाई मध्येनजर गर्दै अमेरिकी सैनिकको नौसेनाले एउटा हस्पिटल सि ‘द कम्फर्ट’ न्यूयोर्क पठाएको छ । यो जहाजलाई भर्जिनियाको नारफाल्क नेभी बेसदेखि न्यूयोर्क शहरका पठाइएको हो । यसलाई न्युयोर्क पुग्न आठ दिन समय लाग्नेछ । यो जहाजमा १२ ओटा कोठा छन् । यसका सबै कोठामा आधुनिक स्वास्थ उपकरणहरु जडान भएका छन् । यहाँ एक हजारभन्दा धेरै शैय्याको व्यवस्था गरिएको छ ।

न्यूयोर्कका मेयर बिल डे ब्लासियोले उक्त जहाज चाँढै नै न्यूयोर्क आउने र त्यसको सहयोगले मानिसहरुको जीवन रक्षा गर्न सकिने बताए । सीएनएन न्युज वेबसाइटको अनुसार यसको प्रयोग कोरोना भाइरस संक्रमितका लागि नभएर अन्य बिमारीहरु लागि हुनेछ ।

Dish_Home

न्यूयोर्क शहर अहिले अमेरिकाको सबैभन्दा धेरै प्रभावित शहर हो । यदि कोरोना भाइरसको संक्रमण यस्तै रहने हो भने न्यूयोर्क शहरलाई मेसम्ममा आफ्नो क्षमता भन्दा तीन गुणा बढी अस्पतालको शैय्या आवश्यक पर्ने देखिन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय