scheduleआइतवार जेष्ठ १८ गते, २०७७

भारतमा ३ हजार नाघ्यो कोरोना संक्रमित, एक दिन १५ जनाको मृत्यू


नयाँ दिल्ली, २२ चैत । नेपालसँग खुला सिमाना रहेका भारतमा कोरोना भाइरसमा शुक्रबार कम्तिमा १५ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । यो भारतमा कोरोनाको कारण अहिलेसम्म सबैभन्दा धेरै मृत्यू हो । योसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

नयाँ तथ्यांकका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३,०८२ पुगेको नवभारत टाइम्सले खबर लेखेको छ । एक दिनमा ५०० जनामा कोरोना संक्रमण भेटिएको छ । तर सरकारले भने २५४७ जनामा कोरोना संक्रमण भेटिएको र ६२ जनाको मात्र मृत्यू भएको जनाएको छ । विहीबार ५४४ जनालाई कोरोना भेटिएको थियो ।

शुक्रबार ५०२ नयाँ संक्रमण भेटिएकोमा महाराष्ट्रमा यो भाइरसबाट ३, दिल्ली र तेलंगानामा २-२ मानिसको मृत्यू भएको छ । आन्द्र प्रदेश, गुजरात, मध्य प्रदेश, हरियाणा र कर्नाकमा १-१ कोरोना पीडितको मृत्यू भएको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय