scheduleसोमवार जेष्ठ १२ गते, २०७७

महानगरको कोषमा प्याब्सनको पाँच लाख


चिप्लेढुङ्गा, २२ चैत । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।

सो अवसरमा प्रमुख जिसीले सङ्कटका बेलामा प्याब्सन कास्कीले गरेको सहयोग सराहनीय भएको बताए । जिसीले आ–आफ्नै ढङ्गले राहत वितरण गर्दा जोखिम बढ्ने हुँदा महानगरपालिले व्यवस्थित तरिकाले एकद्वार प्रणालीमार्फत राहत वितरणको योजना बनाएको बताए । कोषमा शुक्रबारसम्ममा रु १४ लाख २७ हजार ७६६ सङ्कलन भएको छ ।

कोरोना भाइरस सङ्क्रमणलाई फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा अतिविपन्न र जोखिममा परेका परिवारलाई राहत वितरण गर्न पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरेको हो । विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न महानगरपालिकाले सबैमा आह्वानसमेत गरेको छ । राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकमा कोषको नाममा रहेको खाता नं ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ । रासस

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय