scheduleसोमवार जेष्ठ १२ गते, २०७७

भट्टराईको अपिल- निजी र तुच्छ स्वार्थका लागि आफ्नै भविष्य दाउमा नराखौं


काठमाडौं, २२ चैत । नेकपाका नेता तथा पर्यटन मन्त्री योगेश भट्टराईले निजी र तुच्छ स्वार्थका लागि आफ्नै भविष्य दाउमा नराख्न अपिल गरेका छन् ।

शनिबार बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुअघि उनले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘यो संकटकालीन र बिशेष अवस्था हो,’ उनले भनेका छन्, ‘यो आम चुनावको प्रचार अभियान होइन । जहाँ एउटा पार्टीले अर्को पार्टीका विरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका विरुद्ध आरोप र प्रत्यारोप झै सञ्चार माध्यममा छरपस्ट नहोऔं ।’

नेकपाभित्र पछिल्लो समय पूर्वमाओवादी र पूर्वएमालेबीच मतान्तर बढ्दै गएपछि र कतिपय मन्त्रीहरु भ्रष्टाचारमा मुछिएको खबर आइरहेको बेला उनले यस्तो विचार व्यक्त गरेका हुन् । ‘यो पार्टीभित्रका मतमतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला होईन, पार्टीको महाधिबेशन घोषणा भएको छैन् । समयलाई पर्खौ ।’

Dish_Home

उनले महाधिवेशनको बेला दुई समूहबीच बहस राम्रै चल्ने संकेत गर्दै त्यतिबेलासम्म कार्यकर्तालाई कुर्न आग्रह गरेका हुन् । उनले मानव जाति नै खतरामा रहेको बेला व्यक्तिको अस्तित्वलाई प्रधानता नदिन पनि आह्वान गरेका छन् । ‘मानव जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखौं,’ उनले भनेका छन् ।

उनले आफ्नो नियममा कुनै खोट नभएकोले केही गल्ती भएको भए पनि सजायँ भोग्न तयार रहेको बताएका छन् । ‘आफू बाचौं र मानव जातिको रक्षा गरौँ । एकताबद्ध होऔं,’ उनले लेखेका छन्, ‘जब ढुक्कसँग बाँचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौंला । नियतमा कुनै खोट छैन । असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय