scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोनाबाट मृत्यू हुनेको संख्यामा चीनलाई ६ मुलुकले उछिने

एजेन्सी, २२ चैत । कोरोना भाईरस (कोभिड-१९) को संक्रमणका कारण विश्वभर ६१ हजार २ सय भन्दा धेरैको मृत्यु भएका छ । साढे ११ लाख व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ लाख ८ हजार ४ सय ९८ जना मात्रै निको भएर घर फर्किएका छन् ।

आज मात्रै २४ हजार नयाँ बिरामी थपिएका छन् । अस्पतालमा भर्ना भएर बसेका ८ लाख ४१ हजार ६ सय विरामीमध्ये ३९ हजार ६ सय ८९ जना विरामीको अवस्था गम्भिर छ ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण चीनको वुहानबाट सुरु भएको हो । चीनबाट सुरु भएपनि विभिन्न ६ देशमा मृतकको संख्या चीनको भन्दा धेरै भएको छ ।

Dish_Home

यी हुन् सबैभन्दा धेरै ज्यान गुमाउने देशहरु

इटली
ईटलीमा कोरोना भाईरसको संक्रमणका कारण अहिलेसम्मकै धेरै मृत्यू भएको छ । इटलीमा अहिलेसम्म १४ हजार ६ सय ८१ जनाको मृत्यू भएको छ । १ लाख १९ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ७ सय ५८ जना निको भएर घर फर्किएका छन् । अस्पतालमना उपचार गराईरहेका ८५ हजार ३ सय ८८ जनामध्ये ४ हजारको अवस्था गम्भिर छ ।

स्पेन
स्पेनमा अहिलेसम्म संक्रमणका कारण ११ हजार ७ सय ४४ जनाको मृत्यू भएको छ । १ लाख २४ हजार ७ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । आज मात्रै ५ हजार ५ सय ३७ जना नयाँ विरामी थपिएका छन् । अस्पतालमा रहेका ७८ हजार भन्दा धेरै विरामीमध्ये ६ हजारको अवस्था गम्भिर छ । ३४ हजार विरामी निको भएर घर फर्किएका छन् ।

अमेरिका
अमेरिकामा सबैभन्दा धेरै कोरोना भाईरसको संक्रमण फैलिएको छ । अमेरिकामा यो समाचार तयार पार्दासम्म २ लाख ७९ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको छ । आज मात्रै २ हजार ३ सय ३९ जना नयाँ बिरामी थपिएका छन् । ७ हजार ४ सय ५७ जनाको मृत्यू भएको छ । संक्रमितमध्ये साढे १२ हजार जना मात्रै निको भएर घर फर्किएका छन् ।

फ्रान्स
फ्रान्समा ८२ हजार १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ७ जनाको मृत्यू भएको छ । १४ हजार निको भएर घर फर्किएका छन् । उपचाररत साढे ६१ हजारमध्ये साढे ६ हजारको अवस्था गम्भिर छ ।

बेलायत
बेलायतमा मृतकको संख्या ४ हजार ३ सय नाघेको छ । बेलायतमा अहिलेसम्म ४२ हजारमा संक्रमण पुष्टि भएको छ भने आज मात्रै ३७ सय विरामी थपिएका छन् । जम्मा १ सय ३५ जना मात्रै निको भएर घर फर्किएका छन् । उपचाररत ३७ हजार ७ सयमध्ये १६३ को अवस्था गम्भिर छ ।

इरान
ईरानमा मृतकको संख्या ३४ सय ५२ पुगेको छ । साढे ५५ हजारमा संक्रमण पुष्टि भएको छ । आज मात्रै २५ सय ६० जना बिरामी थपिएका छन् । झण्डै २० हजार बिरामी निको भएर घर फकिएका छन् । उपचाररत साढे २५ हजारमध्ये ४ हजारको अवस्था गम्भिर छ ।

चीन
कोरोना भाईरसको उद्गमस्थल मानिएको चीनमा भने अहिलेसम्म ३ हजार ३ सय २६ जनाको मात्रै मृत्यू भएकाे छ । ८१ हजार ६ सय ३९ संक्रमितमध्ये ७६ हजार ७ सय भन्दा धेरै निको भएर घर फर्किएका छन् । उपचाररत १५ हजार ५८ जनामध्ये ३३१ जनाको अवस्था गम्भिर छ ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय