scheduleसोमवार जेष्ठ १२ गते, २०७७

ज्वरो तथा रुघा खोकीका बिरामी उपचार नगर्ने अस्पताल बन्द गर्ने चेतावनी

पोखरा, २२ चैत । कोरोनाको आशंकामा बिरामीको उपचार नगर्ने निजी तथा सामुदायिक अस्पताललाई कारबाही गर्ने गण्डकी प्रदेश सरकारले चेतावनी दिएको छ।

केही अस्पतालले सामान्य ज्वरो तथा रुघा खोकीका बिरामीको उपचार गर्न आनाकानी गरी बिरामी फर्काउने गरेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै प्रदेश सरकारले यस्तो चेतावनी दिएका हो ।

प्रदेशको मन्त्रिपरिषद बैठकले कुनै पनि बहानामा तत्काल उपचार नगरी बिरामी फर्काउने गैरकानूनी काम गर्ने अस्पताललाई बन्द समेत हुने गरी कारबाही गरिने निर्णय भएको सरकारका प्रवक्ता रामशरण बस्नेतको भनाई छ ।

Dish_Home

यस्तै बैठकले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आवद्ध निकायका कर्मचारीका सुत्केरी बिदा तथा किरिया बिदा बाहेकका अन्य बिदा स्वीकृत नगर्ने, स्वीकृत भई सकेका समेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारीमा राख्ने निर्णय भएको छ ।

अर्को आदेश नभएसम्मको लागि स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीहरुको राजिनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय