scheduleसोमवार जेष्ठ १२ गते, २०७७

पोग्वा पुरानै क्लब फर्किने सम्भावना बलियो, डि लिटलाई म्यानचेस्टरले अनुबन्ध गर्नसक्ने

काठमाडौँ, २३ चैत । म्यानचेस्टर युनाइटेड पोउल पोग्वालाई अफलोड गर्न तयार देखिएको छ । उनको विकल्पका लागि म्यानुले धेरै प्रयास गरिरहेको समिक्षकहरु बताउँछन् । मिडिया रिपोर्टका अनुसार युभेन्ट्समा यसै सिजन अनुबन्ध भएका खेलाडी डि लिटलाई म्यानुले अनुबन्ध गर्ने र पोउल पोग्वालाई पुनः युभेन्ट्स नै फर्काउने तयारी भएको छ ।

चार वर्ष अगाडि पोउल पोग्वा म्यानुमा अनुबन्ध भएका थिए । उनले उच्च लयको खेल पनि प्रदर्शन गरे । युरोपा लिग जिताउन उनले विशेष भुमिका समेत खेले ।

Dish_Home

तर, क्लबले च्याम्पियन्स लिगका लागि पर्याप्त प्रयास नगरेपछि पोग्वा अन्य क्लब जान चाहिरहेका छन् । उनी घाइते भएका कारण पनि क्लबलाई बारम्बार घाटा लागेको बताइएको छ ।

पुर्व प्रशिक्षक जोसे मोउरिन्होसँगको सम्बन्धका कारण पनि उनी चर्चामा रहेका थिए । प्रशिक्षक ओले गनर आएपछि उनी म्यानुमा रहने इच्छा देखाएका थिए । तर, च्याम्पियन्स लिगको सम्भावना कमजोर भएपछि उनी क्लब छोड्न लागेको बताइएको छ ।

उता ठुलो आशाका साथ युभेन्ट्स गएका डी लिट पर्याप्त खेल्ने मौका नै पाएका छैनन् ।

क्लबको खेल अनुसार उनी फिट हुन नसकेको बताइएको छ । पोग्वा युभेन्ट्स फर्कने र उनलाई म्यानु पठाउने योजना दुवैै क्लबको रहेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय