scheduleसोमवार जेष्ठ १२ गते, २०७७

टोकियो ओलम्पिकः फुटबल खेलाडीको उमेर एक वर्ष बढाउने तयारी

काठमाडौँ, २३ चैत । जापानमा सन् २०२१ मा आयोजना हुन लागेको टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २४ वर्ष बनाउने तयारी गरेको छ ।

विश्वभर कोरोना भाइरसको कहर रहेको छ । यस वर्ष आयोजना हुने भनिएको ओलम्पिक खेल कोरोना भाइरसका कारण एक वर्ष पछाडि सारिएको हो ।

Dish_Home

भाइरसका कारण ओलम्पिक एक वर्ष पछि सरेसँगै फिफाले खेलाडीहरुको उमेरमा पनि एक वर्ष बढाउने तयारी गरेको हो । यस अघि ओलम्पिकमा २३ वर्ष मुनिका खेलाडीले मात्र खेल्ने प्रावधान रहेको छ । यसबारे आधिकारीक निर्णय भने हुनै बाँकी रहेको छ ।

फिफाको अनुसार टोकियो ओलम्पिकमा सन् १९९७ जनवरी १ सम्म जन्मिएका खेलाडीले खेल्न पाउने छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय