scheduleसोमवार जेष्ठ १२ गते, २०७७

अब के गर्छन् कोटिन्हो ?

काठमाडौँ, २३ चैत । बायर्न म्यनुखिमा लोनमा गएका बार्सिलोनाका स्टार खेलाडी हुन् फिलिपिनाे कोउटिन्हो । उनले यस सिजन बायर्नमा सन्तुलित खेल पस्किएका छन् । तर, क्लब भने उनलाई अफलोड गर्न चाहन्छ ।

यसको अर्थ उनलाई बार्सिलोना नै फर्काउन चाहन्छ । मिडिया रिपोर्टका अनुसार बार्सिलोना पनि उनलाई अन्य क्लब पठाउने तयारीमा रहेको छ ।

Dish_Home

लिभरपुलबाट बार्सिलोना हानिएका उनी बार्सिलोनामा फिट हुन नसकेपछि बायर्न लोनमा पठाइएका थिए । बार्सिलोनाबाट उनले च्याम्पियन्स लिग जित्ने सपना बुनेका थिए ।

तर, गएको सिजन लिभरपुलले नै च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको थियो । त्यस्तै लिभरपुलले बार्सिलोनालाई पाखा लगाएको थियो । समिक्षकहरुले उनको भविष्य अन्यौलमा परेको बताएका छन् ।

उनी प्रिमियर लिग क्लब फर्किने सम्भावना बलियो रहेको बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय