scheduleआइतवार जेष्ठ १८ गते, २०७७

शाहरुख खानले आफ्नो व्यक्तिगत अफिस नै क्वारेनटाइनका लागि दिए

काठमाडौँ, २३ चैत । बलिउड अभिनेता शाहरुख खानले आफ्नो अफिस क्वारेनटाइनका लागि प्रयोग गर्न दिने घोषणा गरेका छन् । पछिल्लो समय बलिउड अभिनेताहरु कोरोना भाइरसको संक्रमण फैलिएसँगै एकपछि अर्को गर्दै सहयोगको घोषणा गर्दै आइरहेका छन् ।

भारत सरकारले २१ दिनका लागि लकडाउनको घोषणा गरेको छ ।

Dish_Home

यस कठिन समयमा केही बलिउड कलाकारहरुले रकम सहयोग गर्ने बताएका छन् भने कतिले भौतिक सहयोग गर्ने बताएका छन् ।

शाहरुखले भने आफ्नो अफिस नै क्वारेनटाइनका लागि दिने बताएका हुन् ।

उनले आफ्नो व्यक्तिगत अफिस नै क्वारेनटाइनका लागि दिएका हुन् । उक्त सहयोगका लागि बिएमसीले शाहरुख खानलाई धन्यवाद दिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय