scheduleआइतवार जेष्ठ १८ गते, २०७७

२५० परिवारलाई रकुलले दैनिक दुई छाक खाना खुवाउने

काठमाडौँ, २३ चैत । बलिउड अभिनेत्री रकुल प्रित सिंह र उनको परिवारले २५० जना गरिब परिवारलाई दिनको दुईपटक खाना सहयोग गर्ने भएका छन् । गुरगाउँको झुपडपट्टीमा बस्दै आइरहेका ती परिवारहरुलाई उनले शनिबारदेखि उनीहरुलाई खाना दिन सुरु गरेको मिडिया रिपोर्टको उल्लेख छ ।

भारतमा कोरोना भाइरस फैलिएसँगै सरकारले लकडाउनको नीति लिएको छ ।

Dish_Home

यो कठिन अवस्थामा थप मारमा परेका छन् दैनिक काम गरेर खाने मजदुरहरु, उनीहरुको सहयोगको लागि आफुहरुले खानाको व्यवस्था गरेको उनले बताएकी छन् ।

ती गरिबहरुबारे आफ्नो बुबाले अध्ययन गरेको उनले बताएकी छन् । उनीहरुलाई दिइने खाना आफ्नो क्षेत्रमा बनाइने र उनीहरुको घर घरमा लगिने रकुलले बताएकी छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय