scheduleआइतवार जेष्ठ १८ गते, २०७७

पूर्वप्रधानमन्त्री भट्टराईको पहलमाथि मन्त्री भट्टराईको कडा टिप्पणी

काठमाडौं, २३ चैत । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, काँग्रेस नेता तथा विश्लेषक प्रदीप गिरी लगायतका व्यक्तित्वहरुको पहलमा
शनिबार कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप)को शुरुवात भयो ।

पूर्वप्रधानमन्त्री भट्टराईको यो पहललाई सत्तारुढ नेकपाका नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले खासै नरुचाएको संकेत दिएका छन् । आइतबार एक ट्वीट सन्देश जारी गर्दै उनले नाम नलिईकन केही टिप्पणी गरेका छन् ।

Dish_Home

‘कोभिड-१९ लाई परास्त गर्न राज्य (सरकार) को मोर्चाबाट मात्र सम्भव छ,’ मन्त्री भट्टराईले लेखेका छन्, ‘सबैका सकारात्मक प्रयत्नहरु सरकारी कारबाहीकै वरीपरी केन्द्रित हुनुपर्दछ ।’

मन्त्री भट्टराईले अगाडि थपेका छन्, ‘अर्को मोर्चा बनाएर लडाईंलाई दिग्भ्रमित गर्नु आफैलाई सत्यानास गर्नु हो । होस् पुर्‍याऊँ । अनुभबबाट कमजोरीहरु सच्चिँदै जानेछन् ।’

मन्त्री भट्टराईले अनुभवबाट कमजोरीहरु सच्चिँदै जाने भन्दै यस्तो पहलकदमीहरुले केन्द्रीय अभियानलाई दिग्भ्रमित पार्ने भन्दै कोमविसापबाट होस् पुर्‍याउन भनेका छन् ।

उता पूर्वप्रधानमन्त्री भट्टराईले भने शनिबार एक विज्ञप्तिमार्फत् घोषणा गरिएको कोमविसाप अभियानबारे भनेका छन्, ‘सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरिकाले सहयोग पुर्‍याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायतका विभिन्न कोणहरुबाट आवश्यक सुझावहरु सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पुर्‍याउने उद्देश्यका साथ यो पहलको शुरुवात गरिएको हो ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय