scheduleमगलवार आश्विन ५ गते, २०७८

वैदेशिक रोजगारको क्रममा साउदीमा रहेका ४ नेपालीमा कोरोना संक्रमण


काठमाडौँ, २३ चैत । वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा कार्यरत ४ नेपालीलाई कोरोना संक्रमण भेटिएको छ । साउदीमा ४ जना नेपाली संक्रमित भएको पुष्टि साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिएका हुन् ।

राजपुतका अनुसार नेपाली दूतावासलाई साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण आइतबार उपलब्ध गराएको हो । उनीहरुको स्वास्थ्य अवस्था स्थिर भएको उनले जानकारी दिए ।

संक्रमण भेटिएका बिरामीबारे थप विवरण भने खुलाइएको छैन । साउदीमा निशुल्क र गुणस्तरीय उपचारको व्यवस्था रहेकोले निर्धक्क रहन दूतावासले आह्वान गरेको छ ।

साउदीमा अहिलेसम्म २९ जनाको कोरोना संक्रमणको कारण मृत्यू भइसकेको छ भने २३ सय ७० जना संक्रमित भेटिउका छन् । ४२० संक्रमितहरु उपचारपछि निको भएर घर फर्किइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय